Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

१० वटा स्थानीय निकायमा दुई अर्ब ९४ करोड बजेट

Thursday, June 1, 2017 National Power

१८ जेठ, इलाम – सरकारले आर्थिक वर्ष २०७४/७५ मा यहाँका १० वटा स्थानीय तहका लागि  रु दुई अर्ब ९४ करोड ५५ लाख ४२ हजार बजेट विनियोजन गरेको छ ।

वित्तीय समानीकरण भनेर रु एक अर्ब ८३ करोड ५७ लाख छ हजार र सःशर्त अनुदान रु एक अर्ब १० करोड ९८ लाख ३६ हजार विनियोजन गरिएको छ । चारवटा नगरपालिकाका लागि रु एक अर्ब ५७ करोड ५४ लाख ३१ हजार र गाउँपालिकाका लागि रु एक अर्ब ३७ करोड एक लाख ११ हजार बजेट विनियोजन गरिएको हो ।

इलाम नगरपालिकाका लागि रु ४६ करोड ८८ लाख ५१ हजार, देउमाई नगरपालिकाका लागि रु ३२ करोड १० लाख ६८ हजार, माई नगरपालिकाका लागि रु ३२ करोड ६४ लाख ४२ हजार र सूर्योदय नगरपालिकाका लागि रु ४५ करोड ९० लाख ७० हजार बजेट विनियोजन गरिएको छ ।

यस्तै फाकफोकथुम गाउँपालिकाका लागि रु २५ करोड ६३ लाख ९७ हजार, चुलाचुली गाउँपालिकाका लागि रु २२ करोड ६७ लाख ५५ हजार, माईजोगमाई गाउँपालिकाका लागि रु २३ करोड ७६ लाख ६७ हजार, माङ्सेबुङ गाउँपालिकाका लागि रु २२ करोड तीन लाख छ हजार, रोङ गाउँपालिकाका लागि रु २२ करोड ९३ लाख ६८ हजार र सन्दकपुर गाउँपालिकाका लागि रु १९ करोड ९६ लाख १८ हजार बजेट छुट्याइएको छ ।