Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

धादिङको भकारेमा बस दुर्घटना, तीन जनाको मृत्यु

Sunday, May 28, 2017 National Power

१४ जेठ, धादिङ – धादिङको निलकण्ठ नगरपालिका–११ भकारे खोलामा बस दुर्घटना हुँदा  तीन जनाको ज्यान गएको छ । त्रिपुरेश्वर बोर्डिङ स्कुलको ग १ ख ३८०५ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको प्रत्यक्षदर्शी कुवेर धरेलले जानकारी दिए ।

धादिङबेसीबाट खहरेतिर जाने नियमित रुटको गाडी बिग्रेपछि बोर्डिङ स्कुलको बसलाई बोलाएर यात्रु चढाइएको थियो । दुर्घटनामा अरु केहि घाइते भएका छन् । अहिले प्रहरी घटनास्थलमा पुगेको छ र घाइतेको उद्धार कार्य भइरहेको जनाएको छ ।