Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

एमाले कार्यकर्ताको हत्या

Monday, May 15, 2017 National Power

१ जेठ, धादिङ –  दक्षिण धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभञ्ज्याङमा गए राति एमाले कार्यकर्ताको हत्या भएको छ। बन्दै गरेको झ्यालढोका नहालिएको घरमा गए राति ३० वर्षीय लक्ष्मण चेपाङको हत्या भएको प्रहरीले जनाएको छ। हत्या गरी त्रिपाल र जस्तापाताले छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ। स्थानीय तह निर्वाचनको मतदान गरेपछि घरको काम गरेर बसेका चेपाङलाई हानिएको लठ्ठी सोही स्थानमा रगत लत्पतिएको अवस्थामा भेटिएको छ। सोही घरसँगै रहेको रेशम चेपाङको पसल फोरेर सामान लुटिएको स्थानीयले बताए।