Monday 20th May 2024

    गायक थापाको मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक    १५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न    चोली चौबन्दी भाग २ सार्वजनिक (भिडियो सहित)    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी

सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

Tuesday, April 16, 2024 National Power

काठमाडौं । सूत्र न्यूज डट.कम.को सम्पादकमा सरोज कोइराला नियुक्त भएका छन् । सूत्र मिडिया प्रा.लि.ले आइतबार कोइरालालाई सम्पादकको जिम्मेवारी सुम्पिएको हो । सूत्र मिडियाको बानेश्वर हाइटस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सूत्र मिडिया प्रा।लि।का अध्यक्ष केशव खड्काले कोइरालालाई स्वागत गरे ।

उनले कोइरालाको आगमनसँगै सूत्र न्यूजले थप गति लिने विश्वास व्यक्त गरे । नवनियुक्त सम्पादक कोइरालाले मिडिया हाउसलाई थप उचाईमा पुर्‍याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विशेषगरी व्यवसायीक पत्रकारिताको विकास गर्ने गरी मिडियालाई अगाडि बढाउने बताए । दुई दशक बढी समयदेखि पत्रकारिता गर्दै आएका कोइराला यसअघि स्पेस फोर के टेलिभिजनको सम्पादकको भूमिकामा थिए

। उनले यसअघि एभिन्यूज, न्यूज २४ फोर, हिमालयन, प्राइमलगायतका टेलिभिजनमा काम गरेका छन् । उनीसँग रेडियो सिटी एफएम र नेपाली रेडियो नेटवर्कमा काम गरेको अनुभव छ । उनी नेपाल वातावरण पत्रकार समूहसँग समेत आबद्ध थिए । झापा स्थायी घर भएका कोइरालाले पत्रकारिता र संगीत विषयको अध्ययन गरेका छन् ।