Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

घरघरमै पुगेर राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले गर्यो विशिष्ठ साधकहरुलाई बिशेष सम्मान

Sunday, July 9, 2023 National Power

काठमाण्डौ -मिति २०८० असार २३ गते शनिबार राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले आफ्नो जीवनमाअनवरत रुपमा आ आफ्नो क्षेत्रमा पुर्याउनु भएको योगदानको मुल्यांकन गरेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विशिष्ठ साधक सम्मान २०८०प्रदान गरेको छ ।
विगत तीनदशक भन्दा बढी समयदेखी गीत, संगीतको क्षेत्रमा योगदान पुर्याउनु भएका लोकगायक तथा नेपालको मौरी बाजाबादक खड्ग प्रसादगर्वुजा, विशिष्ठ चित्रकार शशिबिक्रमशाह तथा नेपालको पहिलो रंगीन चलचित्र कुमारीकी नायिका विशिष्ठ चलचित्रकर्मी चैत्यदेवी सिंहलाइ उहाँहरुकै बासस्थानमा पुगेर नगद र सम्मान पत्र सहित सम्मान गरेको हो ।
उक्तकार्यक्रममा संस्थाका सल्लाहकार वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ संगीतकार सुरेश अधिकारी, समाजसेवी, साहित्यकार नमस्ते लालश्रेष्ठ साथै सुभम सैजुले यसरी श्रष्टा साधकहरुलाई उहाँहरुकै बास स्थानमापुगेर सम्मान गर्नु भनेको कला क्षेत्रकै सम्मानहो भन्ने कुरा बताउनुभएको थियो ।
संस्थाले आफ्नो वार्षिकीकार्यक्रम अन्तर्गत यो कार्यक्रम गरेको थियो भने उक्तकार्यक्रममा कार्यक्रमका संयोजक संस्थाका अध्यक्ष राजेन्द्र बजगाई, उपाध्यक्ष उषा उप्रती, महासचिव दीपक शर्मा, कोषाध्यक्ष नारायण बहादुर थापा सदस्यहरु भद्र वली, पुष्कर सुनुवार, मनोज परिवार, बेनिशा पौडेल, प्रतिक्षा काफ्ले, उत्तम अधिकारी, रीता के.सी, सिलन लम्साल, सविन सुबेदी, माईकल चन्द, फोटोग्राफर देवराज आचार्य, गीता पाण्डे र संस्थाका आजिवन सदस्य गोपाल ढकाल(छन्दे) लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई संस्थाका महासचिव दीपक शर्माले संचालन गरेका थिए भने यस्ता कार्यक्रमहरुलाई निरन्तर गर्दै जाने कुरा संस्थाका अध्यक्ष राजेन्द्र बजगाईले बताए ।