Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

रामेछाप ‘मोडेल सिजन–४’ बनिन् सिता कार्की र ‘लिटिल मोडेल सिजन–३ सम्पन

Sunday, July 2, 2023 Devil Singh Rajput

रामेछाप । रामेछाप ‘मोडेल सिजन–४’ को ताज मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी सिता कार्कीले जितेकी छन् । सिजन ४ को ‘विनर’ बनेकी कार्कीले क्राउन,ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र नगद ७ हजार रुपैयाँ प्राप्त गरेकी छन् । त्यस्तै ‘‘लिटिल मोडेल सिजन–३’ मा योआना तामाङ ‘विनर’ बनेकी छिन् । उपाधि जितेकी तामाङले ‘लिटिल क्राउन’ ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र नगद ५ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

किङस्टार क्रियसन प्रा.लिको आयोजना र जिल्लाका ८ स्थानीय तहको आर्थिक सहयोगमा सदरमुकाम मन्थलीमा शनिवार अबेर सम्पन्न ग्राण्ड फिनालेमा ‘मोडेल रामेछाप सिजन–४’ को उपाधि जित्न कार्की सफल भएकी हुन् । उनले जिल्लाका आठ वटै स्थानीय तहबाट सहभागी हुन पाउने गरी आयोजना भएको सो फिनालेमा १४ देखि २९ वर्ष उमेर भित्रका ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि /‘विनर’ बनेकी हुन् । त्यस्तै ६ देखि १३ वर्ष उमेर समूहका १४ जनाले भाग लिएको लिटिल मोडेल सिजन–३ मा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै तामाङले उपाधि/‘विनर’ को उपाधि जितेको कार्यक्रम संचालिका (होस्ट) मिस कस्मोपोलिएनकी ‘विनर’ प्रिया रानी लामाले उद्घोष गरिन् ।

जसअनुसार मोडेल तर्फ अदिक्ष्य केसी रनर अप हुँदा एण्ड्रिसा घिमिरे सेकेण्ड रनर अप बनिन् । भने,पपुलर च्वाइजमा दिक्षा महत बनिन् । त्यस्तै लिटिल मोडेल रामेछाप सिजन-३ तर्फ सरिना मगर ‘फ्रस्ट रनर अफ’ कट्रिन बोहोरा सेकेण्ड ‘रनर अफ’ हुँदा पपुलर च्वाइजमा मियोना सुनुवार बनिन् । त्यस्तै किङस्टार च्वाइजमा सुबिना गहतराज बनिन् । उपाधि विजेताहरूलाई जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्कीले, उपप्रमुख प्रेम सागर थापा, नेपाल (जेसिज) का कार्यकारी उपाध्यक्ष जीवन कार्की लगायतले पुरस्कार प्रदान गरे ।

चिफ जजमा मिस नेपाल २०२० इन्टरनेस्नल विनर सिमला कनाजुलया रहेकी थिइन् । प्रतिस्पर्धीहरु भित्र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने उद्देश्यका साथ विगतका वर्षदेखिनै यो कार्यक्रम गर्दै आएको किङस्टार क्रियसनले आगामी वर्षमा पनि निरन्तरता दिने प्रा.लिका संचालक (सिइओ) सुमन खड्काले बताए । कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, पत्रकार, संचारकर्मीसहित स्थानीयको बाक्लो पस्थिति थियो ।