Thursday 26th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

एमसीसी अन्तर्गत बन्ने ३०० किलोमिटर प्रसारणलाइनको ठेक्का आह्वान

Monday, November 28, 2022 National Power

काठमाडौं -मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले प्रसारणलाइनको ठेक्का आह्वान गरेको छ । पूर्वनिर्धारित तालिकाअनुसार एमसीएले तीन वटा प्याकेजमा ठेक्का आह्वान गरेको छ । नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०२३ को अगस्ट ९२०८० को साउनरभदौ०देखि आयोजना कार्यान्वयन गर्ने सहमति भएअनसार टेन्डर भएको हो । करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत प्रसारणलाइन तथा तीन वटा ४०० केभी क्षमताका सब–स्टेसन निर्माण गर्न टेन्डर भएको हो ।

एमसीए नेपालका प्रवक्ता राजीव दाहालका अनुसार लप्सीफेदी–रातमाटे–हेटौंडा ११७ किलोमिटर, रातमाटे–न्यू दमौली ९० किलोटिमर र न्यू दमौली–न्यू बुटवल ९० किलोमिटरको खण्डको ठेक्का भएको छ । दाहालका अनुसार न्यू दमौली–न्यू बुटवल ९० किलोमिटर खण्ड बनाउनेले न्यू बुटवलदेखि भारतीय सीमासम्म बनाउने गरी ‘अप्सन’मा राखिएको छ । ‘भविष्यमा न्यू दमौली–न्यू बुटवल खण्ड बनाउनेले नै भारतीय सीमासम्मको १८ किलोमिटरको खण्ड बनाउन दिन सकिने गरी टेन्डर आहन गरेका छौं’ उनले भने । निर्धारित समयमा निर्माण सुरु हुन नसकेकाले आयोजनाको लागत बढेका कारण १७ किलोमिटरको खण्डलाई एमसीएले ‘अप्सन’मा राखेको छ ।

टेन्डर प्रक्रिया पुरा गर्न करिब १८० दिनको समय लाग्नेछ । नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच अगस्ट २०२३ देखि ५ वर्षको अवधि राखेर आयोजनाको निर्माण सुरु गर्ने समझदारी भइसकेको छ । ठेक्का सम्झौता भएपछि सेप्टेम्बर २०२३बाट निर्माणको काम सुरु हुने प्रवक्ता दाहाल बताउँछन् । सरकारले आयोजनाको पूर्वतयारीको काम गर्न चालु आर्थिक वर्ष २०७९र८० मा ९ अर्ब २७ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आव २०७८र७९ को तुलनामा दोब्बरले बजेट बढाएर आयोजनाको पूर्वतयारी सकाउने गरी काम भइरहेको एमसीए नेपालले जनाएको छ ।

यो वर्ष राखिएको बजेटमध्ये ८ अर्ब ९१ करोड ४१ लाख रुपैयाँ अमेरिकी अनुदान हुनेछ । नेपाल सरकारको स्रोतबाट ३६ करोड ५६ लाख रुपैयाँ बेहोरिने अर्थ मन्त्रालयको तथ्यांक छ । यो आयोजनाको अधिकांश रकम पूँजीगत प्रयोजनमा खर्च हुन्छ । सरकारले आयोजनाका लागि आवश्यक जग्गाको मुआब्जा वितरणमा बजेट खर्च गर्दै आएको छ । एमसीसी नेपाल सरकारको प्राथमिकता वान (पी वान)मा पर्ने आयोजना हो । अगस्ट २०२३ मा आयोजना निर्माणको काम सुरु गर्नुअघि जग्गा प्राप्ति, रुख कटानको लागि स्वीकृति, टेन्डर डकुमेन्टको तयारी र टेन्डर लगायतका काम सक्नुपर्नेछ ।

अनलाईनबाट साभार