Sunday 29th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

मङ्गल ग्रह पुगेर अमेरिकी रोवर ‘मख्ख छ’

Sunday, February 21, 2021 National Power

अमेरीका -अमेरिकी स्पेस  एजेन्सी नासाको मंगल ग्रहमा  पुगेको यन्त्रमानव ‘पर्सिवरेन्स मार्स रोवर’ले मंगल ग्रहको कलर फोटो पठाएको छ। ट्वीटका गर्दै यसले आफू नयाँ ठाउँमा रमाई रहेको जानकारी साझा गरेको छ।

यस रोवर पर्सिवरेन्सले यसै फेब्रुअरी महिनामा सामाजिक सञ्जाल ट्विटरमा प्रवेश गरेको थियो। अहिले यसका २० लाख फलोअर्स  भइसकेका छन्। यसको होम पेजमा  ‘करेंट लोकेसन’ मा जेजेरो क्रेटर उल्लेखित रहेको छ। र, यसको अकाउन्टमा रूचिका रूपमा  फोटोग्राफी, ढुङ्गा संग्रह गर्नु र ‘ऑफ रोडिङ’ लेखिएको छ। यसले दिनमा कैयन पटक आफू र  आफ्ना गतिविधिबारे ‘स्टाटस’  पोष्ट गर्छ।

३० जुलाईसम्म यो रोवर पृथ्वीमा थियो।  ३० जुलाईमा  यसका निर्माताहरुले यसलाई करोडौँ किमी टाढा सौर्यमण्डलको अर्को खगोलीय पिण्ड मङ्गल ग्रहतिर पठाएको थियो। झण्डै ७ महीने लामो यात्रा गरेर यो आफ्नो नयाँ गन्तव्य मङ्गल ग्रहको जेजेरो क्रेटरमा १९ फेब्रुअरीका दिन ओर्लेको थियो।

ओर्लिदा ओर्लिदै पनि यसले ‘झर्को नमानी, थाकेको छु’ नभनी मङ्गल ग्रहको तस्विर पठाएको थियो आफ्नो पहिलाको घर अमेरिकाको क्यालिफ़ोर्निया स्थित नासाको ‘जेट प्रपोल्सन लेबोरेट्री’मा रहेका आफ्ना साथीहरुलाई ।

यस रोवरसँग २३ वटा विभिन्न किसिमका अत्याधुनिक प्रविधि सम्पन्न क्यामेरा  रहेका छन् । यी क्यामेराबाट फोटो खिचेर रोवरले जेट प्रपोल्सन लेबोरेट्रीलाई पठाउने काम आउँदो दस वर्षसम्म गरिरहनेछ। रोवरमा रहेको कृतिम बौद्धिकता  (आर्टिफिसियल इन्टिेलिजेन्स) ले पहिला ती फोटो आफै हेर्छ ।  खिचिएका फोटोमा केही महत्वपूर्ण कुरा देखियो भने यसमा जडित  कृतिम बौद्धिकताले आफ्नो हात (रोबोटिक आर्म) लाई त्यस फोटोमा देखिएको स्थलबाट नमूना उठाउन निर्देश दिनेछ। यस पर्सिवरेन्स रोवरले यसरी नमूना एकत्रित गरी रहनेछ । एकत्रित गरिएका यी सबै नमूना सामाग्री  २०२४–२०२५ सम्ममा पृथ्वीमा ल्याइने योजना छ।

रोवरले पठाएको रंगीन तस्वीरमा मङ्गल ग्रहको जेजेरो क्रेटरको सतह देखिएको छ । रोवरले यो फोटो  हैजर्ड क्यामेराबाट लिएको हो। रोवरमा दुइवटा माइक्रोफोन पनि जडान गरिएका छन्।

‘म अहिले आफूसँग रहेको हेलिकोप्टर चार्ज गरिरहेको छु । चार्ज हुनसाथ म हेलिकोप्टर उडाउछु,’ रोवरले ट्वीट गर्दै भनेको छ। नासाको यस रोवरले मंगल ग्रहमा अनेको वैज्ञानिक अनुसन्धान गरेर वैज्ञानिकहरुलाई मंगल ग्रहसँग सम्बन्धित जानकारी पठाइरहने छ। नासाको यो रोवर फगत यन्त्रमानव नभएर उच्च प्रतिभा सम्पन्न वैज्ञानिक पनि हो ।