Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८८ लाख नाघ्यो

Wednesday, October 14, 2020 National Power

काठमाडौं-  विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८३ लाख नाघेको छ । संक्रमित मध्ये दश लाख ९० हजारको मृत्यु भइसकेको छ ।

अहिलेसम्म २ करोड ८८ लाख संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ८४ लाख रहेको छ ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा ८० लाख ९० हजार संक्रमित संख्या नाघेको छ । त्यहाँ २ लाख २० हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
भारतमा ७२ लाख कोरोना संक्रमितमध्ये एक लाख १० हजारको मृत्यु भएको छ । ब्राजिलमा ५१ लाख संक्रमितमध्ये एक लाख ५१ हजारको मृत्यु भएको छ ।