Monday 30th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

डेनमार्कमा प्रेस स्वतन्त्रतालाई मान्यता

Monday, September 14, 2020 National Power

काठमाडौं – प्रेस अर्थात् सञ्चारमाध्यमलाई लोकतन्त्रको चौथो खम्बा मानिन्छ । लोकतन्त्र त्यतिबेला सुुदृढ हुन्छ, जतिबेला मिडिया स्वतन्त्र हुन्छन् । डेनमार्कमा लामो समयदेखि प्रेस स्वतन्त्रताको माग चलेको थियो र १४ सेप्टेम्बर १७७० मा हासिल भयो ।

प्रेस स्वतन्त्रता डेनमार्कको स्वतन्त्रताभन्दा कम थिएन । १७ औं र १८ औं शताब्दीमा मानिसको स्वतन्त्रता, अधिकार प्रतिष्ठाका पक्षमा जर्बजस्त राजनीतिक लहर पैदा भयो । धेरै आन्दोलनहरु भए । यसक्रममा प्रेस स्वतन्त्रताको मुद्दालाई महत्वपूर्ण रुपमा उठाइएको थियो ।

त्यसअघि सेन्सर प्रणालीले प्रेस स्वतन्त्रतालाई संकुचित बनाइदिएको थियो । १७७० अघि डेनमार्कमा सेन्सरको छाँया स्पष्ट रुपले देखिन्थ्यों । डेनमार्कभन्दा पहिले सेन्सर व्यवस्थालाई खारेज गर्ने श्रेय स्विडेनलाई जान्छ । विश्वको पहिलो प्रेस स्वतन्त्रता ऐन १७६६ मा यहीं लागुु भएको थियो ।

स्विडेनको स्वतन्त्रताको प्रभाव अन्य देशमा पनि व्यापक पर्‍यो । त्यसपछि फरक–फरक देशमा प्रेसलाई स्वतन्त्रता प्रदान गर्नेगरी कानून निर्माण हुनुुपर्ने माग उठ्यो । यही माग सम्बोधन गर्दै डेनमार्क सरकारले १७७० मा सेन्सर हटाइदियो । यससँगै प्रेसको संरक्षण व्यवस्था पनि कायम गरियो । यही वर्ष नर्वेमा पनि प्रेस स्वतन्त्रता मिल्यो ।

अहिले पनि स्विडेन, डेनमार्क र नर्वेका सञ्चारमाध्यमले अत्याधिक स्वतन्त्रता उपभोग गरिरहेका छन् । सन् २०२० मा रिपोर्टस् विथआउट बोडर्सले सार्वजनिक गरेको सुचीअनुसार क्रमश नर्वे, फिनल्यान्ड, डेनमार्क, स्विडेन, नेदरल्यान्डस्, जमैका, कोस्टारिका, स्विचरल्यान्ड, न्युजिल्यान्ड र पोर्चुुगलका पत्रकार अत्यधिक स्वतन्त्रता उपभोग गर्नेमध्ये शीर्ष १० भित्र पर्छन् ।

अन्य घटनाक्रम

१९४९– भारमा संविधानसभाद्धारा हिन्दीलाई आधिकारीक भाषाका रुपमा मान्यता ।

१९८२ –मोन्टे कार्लोमा कार दुर्घटना हुँदा हलिउडकी चर्चित अभिनेत्री तथा मोनाकोकी राजकुमारी ग्रेस केलीको निधन ।

२०००– माइक्रोसफ्टले विन्डोज एमई लन्च गर्‍यो ।