Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

जुम्लामा उम्मेद्वार छान्ने काम शुरु हुदै

Thursday, April 6, 2017 National Power

२४ चैत, जुम्ला – आउँदो वैशाख ३१ गते स्थानीय तहको चुनाव हुने भएपछि जुम्लामा चुनावी माहोल बढेको छ । चुनावी चहलपहलले ग्रामीण क्षेत्र उत्साहित देखिदै छन् ।

नागरिकहरु आफ्नो दलभित्र अबको स्थानीय तहको व्यवस्था सञ्चालन गर्ने कुशल नेतृत्व को हुन सक्छ त भन्ने कुराको छानविन गर्दैछन् ।

एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा आकाङ्क्षी उम्मेदवारहरु बढी भएको पाइएको छ ।

नेपाली कांग्रेस जुम्लाका पार्टी सचिव कर्णबहादुर शाहीले चैत्र १५ गते केन्द्रीय निर्वाचन परिचालन समितिले गरेको निर्णयलाई मुख्य आधार मानी उम्मेदवार छनोट गर्नेपर्ने बताए ।

यता स्थानीयस्तरमा आधार निर्माण गर्ने, सहमतिको निर्णयका लागि बढी जोड दिने नेकपा एमालेका जिल्ला अध्यक्ष तिर्थबहादुर बुढाले बताउनुभयो ।

वडास्तरबाट नागरिकका लागि कुशल उम्मेद्वार चुनिने नेकपा माओवादी केन्द्रका संयोजक वीरबहादुर कुँवरले बताउनुभयो ।

जिल्लास्तरीय चुनाव परिचालन कमिटि र गाउँपालिकाले नसके अन्तिम निर्णय गर्ने बताउनुभयो ।