Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पर्यटन दशक मनाउने पर्यटनमन्त्रीको प्रस्ताव मन्त्रिपरिषदबाट फिर्ता

Wednesday, September 2, 2020 National Power

काठमाडौं – भ्रमण वर्ष २०२० सञ्चालनको वातावरण नबनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ल्याएको अर्को प्रस्ताव थियो, ‘पर्यटन दशक २०२१(२०३०’ मनाउने ।

पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत पर्ने भनी प्राथमिकताका साथ प्रचार गरेको यो कार्यक्रम ती दुबै दस्तावेजमा परेको थिएनन् । अन्ततः योसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाटै फिर्ता भएको पाइएको छ । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार २ असार २०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईले प्रस्ताव गरेको ‘पर्यटन दशक २०२१(२०३०’लाई फिर्ता गर्ने निर्णय गरेको हो । मन्त्रालयले पर्यटन क्षेत्रको पुनरुत्थान एवम् दीगो पर्यटन कार्यक्रमका लागि पर्यटन दशकको प्रस्ताव मन्त्रिपरिषद् लगेको थियो ।

‘कोरोना महामारीका बेला यस्तो अभियान घोषणा गर्दा नकारात्मक सन्देश जान सक्ने भन्दै अहिलेका लागि प्रस्ताव आएको हुन सक्छ,’ ती अधिकारीले अनलाइनखबरसँग भने ।
सरकारले वाषिर्क २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । यसको भब्य उद्घाटन भए पनि २० लाख पर्यटक भित्रने आधार भने तयार भएको थिएन ।
१६ पुसबाट शुरु भएको यो अभियान तीन महिना पनि नपुग्दै विश्वव्यापी महामारीका रुपमा आएको कोरोनाले प्रभावित हुन पुग्यो । सरकारले १ वैशाख २०७७ बाट भ्रमण वर्षको सचिवालय खारेज गर्दै यो कार्यक्रम अन्त्य भएको घोषणा गर्‍यो ।

अर्कोतर्फ सरकारले सन् २०१८ बाटै भ्रमण वर्षको तयारी गरेपनि मूख्य पूर्वाधार तयार पार्न सकेको थिएन । सन् २०१९ मै सम्पन्न हुनुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अहिले पनि सम्पन्न भएको छैन । सोहीकारण सन् २०२० कै अभियान सुरु गर्दा पनि सरकारको आलोचना भएको थियो ।

यद्यपी निजी क्षेत्रले समेत उत्तिकै साथ दिएका कारण सो अभियानले पर्यटकीय माहौल भने ल्याउने अपेक्षा गरिएको थियो । पर्यटनमन्त्री भट्टराईले पर्यटन वर्ष असफल भएपनि अब पर्यटन दशकका रुपमा जाने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।

१० वर्षमा पर्यटन पूर्वाधारका बाँकि काम सम्पन्न गर्दै मुलुकको अर्थतन्त्रमा योगदान गर्ने एक प्रमुख माध्यम पर्यटनलाई बनाउने उनको प्रस्ताव थियो ।