Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

एलटन जोनकी पूर्वपत्नीले हनिमुनमै आत्महत्याको प्रयास गरेको खुलासा

Wednesday, August 26, 2020 National Power

एजेन्सी- बेलायती गायक एल्टन जोनकी पूर्व पत्नी रिनेटे ब्लाउयलले हनिमुनमा आत्महत्याको प्रयास गरेको खुलेको छ । सन् १९८४ मा यो जोडी हनिमुनमा रहँदा रिनेटेले आत्महत्याको प्रयास गरेकी हुन् ।

जोनले विवाहको तीन दिनमै यो सम्बन्धले काम नगर्ने र आफूले छाड्न चाहेको बताएका थिए । बीबीसीका अनुसार सन् १९८४ मा लन्डनको उच्च अदालतमा दर्ता गरिएको कानुनी कागजातमा रिनेटेले आत्महत्या गर्न खोजेको उल्लेख छ । त्यतिबेला पारपाचुकेको विषय उठ्दा रिनेटेले ३० लाख पाउण्ड नोक्शान दाबी गरेकी थिइन् ।

एल्टन जोन र रिनेटेबीच सन् १९८४ मा विवाह भई चार वर्ष पछि पारपाचुके भएको थियो ।