Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

एलटन जोनकी पूर्वपत्नीले हनिमुनमै आत्महत्याको प्रयास गरेको खुलासा

Wednesday, August 26, 2020 National Power

एजेन्सी- बेलायती गायक एल्टन जोनकी पूर्व पत्नी रिनेटे ब्लाउयलले हनिमुनमा आत्महत्याको प्रयास गरेको खुलेको छ । सन् १९८४ मा यो जोडी हनिमुनमा रहँदा रिनेटेले आत्महत्याको प्रयास गरेकी हुन् ।

जोनले विवाहको तीन दिनमै यो सम्बन्धले काम नगर्ने र आफूले छाड्न चाहेको बताएका थिए । बीबीसीका अनुसार सन् १९८४ मा लन्डनको उच्च अदालतमा दर्ता गरिएको कानुनी कागजातमा रिनेटेले आत्महत्या गर्न खोजेको उल्लेख छ । त्यतिबेला पारपाचुकेको विषय उठ्दा रिनेटेले ३० लाख पाउण्ड नोक्शान दाबी गरेकी थिइन् ।

एल्टन जोन र रिनेटेबीच सन् १९८४ मा विवाह भई चार वर्ष पछि पारपाचुके भएको थियो ।