Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ

Monday, July 13, 2020 National Power

काठमाडौं -नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक दूरी कायम गरेर संक्षिप्त कार्यक्रम गरिएको छ ।रानीपोखरी नजिकको भानुको शालिकमा माल्र्यापण गरेर भानुको सम्मान गरिएको छ ।

नेपाली भाषामा लेखिएको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली भाषा र साहित्यमा ठूलो गुन लगाएका भानुभक्तको सम्झनामा नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार एक कार्यक्रम गरी भानु जयन्ती मनाएको छ । कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसमेत सहभागी थिए । उनले पृथ्वी नारायण शाहले भौगोलिक र भानुभक्तले नेपाली भाषा तथा साहित्यलाई एकीकरण गरेको बताए ।

कतिपय अतिवादीहरुले भानुभक्तलाई बुझ्न नचाहेको बताउँदै उनले अहिले भने भानुभक्त सर्वस्वीकार्य भएको बताए । मन्त्री भट्टराईले भने, ‘कतिपय अतिवादीहरुले भानुभक्तलाई बुझेनन् वा बुझ्न चाहेनन् । कहिलेकाहीँ अतिवादले चेतनालाई बन्धक बनाइदिन्छ । तर अहिले नेपाली समाजलाई भानुभक्तबारे अतिवाद छैन । उहाँ सर्वस्वीकार्य हुनु भएको छ ।’

वि।सं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको निधन वि.सं.१९२५ असोजमा भएको थियो । भानुजयन्तीका अवसरमा सोमबार तनहुँको भानु नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा धेरै रहेका स्थानमा पनि मनाइन्छ ।