Monday 6th May 2024

    गीतकार फुलाराको डेउडा गीत "साइनो मिटाइ गई "सार्वजनिक    राजन पुरीको "दोलालघाटको पुल तरेर" सार्वजनिक    अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न    साथीसँग होटेलमा गएकी युवतीको मृत्यु    तेश्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड’ भव्य रुपमा सम्पन्न

युएई र म्यानमारबाट आज १९४ नेपाली स्वदेश फर्किए ।

Friday, June 5, 2020 National Power

काठमाडौ – लकडाउनका कारण सयुक्त अरेब इमिरेट्स(युएई)मा रोकिएका १६८ जना नेपाली काठमाडौं आइपुगेका छन्।

नेपाली ल्याएर आएको एयर अरेबियाको जहाज शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरेको छ।

विमानस्थल कार्यालयका अनुसार १६८ जना वयस्क तथा एकजना बच्चा उक्त जहाजमा आएका छन् भने सोही विमानमा एउटा शव पनि ल्याइएको छ।

आजै बिहान म्यानमार एयर फोर्सको जहाजले पनि २६ जना नेपालीलाई काठमाडौं ल्याइदिएको थियो।

काठमाडौं आइपुगेकाहरूलाई नेपाली सेनाले व्यवस्थापन गरेका होल्डिङ सेन्टरमा राखिनेछ।