Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

सुदूरपश्चिका विभिन्न स्थानमा दुर्गामाण्डौ प्रदर्शनि

Tuesday, March 28, 2017 National Power

१५ चैत्र, डोटी –  सुदुरपश्चिममा हुने महिला हिंसाका विभिन्न पक्षलाई समेटेर डोटेली भाषामा निर्माण गरिएको लघु चलचित्र दुर्गामाण्डौ सुदुरपश्चिका विभिन्न स्थानमा प्रदर्शनी भईरहेको छ ।
कैलालीको लम्कीमा यहि चैत्र १९ गते एक कार्यक्रम आयोजना गरिनुका साथै दुर्गामाण्डौको प्रदर्शनि गरिने कार्यक्रम रहेको बताईएकोे छ ।
यस अघि चैत्र १० देखि १३ गते सम्म डोटीको वायलमा एक कार्यक्रमको आयोजना गरि प्रदर्शनि गरिनुका साथै स्थानीय समाजसेवी दिर्घ राउतको प्रमुख आतिथ्यतामा स्थानीय कलाकारहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको निर्देशक माधव खरेलले जानकारी दिए ।
खरेलले चलचित्र दुर्गामाण्डौले विषेश गरेर एकल महिलाले सामाजिक रुपमा भोगनुपरेको हिंसा र सुदुरपश्चिममा जरा गाडेको छाउ प्रथा तथा समाजले महिलालाई हेर्ने दृष्टिकोण लगायतका मुद्धालाई उठान गरेको बताए ।
लघुचलचित्रमा सानिया खान, कमला जोशी, माधव खरेल, गंगा भुजेल, मिन बहादुर बोहोरा, शिद्ध राज तिमल्सेना लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुलेो अभिनय गरेका छन् ।