Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

हात नमिलाउने वाग्मती प्रदेश सरकारको निर्णय

Thursday, March 5, 2020 National Power

मकवानपुर — वाग्मती प्रदेशले कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि हात नमिलाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको जनाएपछि प्रदेश सरकारले यसका लागि छुट्टै उपचार कक्ष निर्माण गरिसकेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए। नेपालीको परम्परादेखि चलिआएको चलन एवं हातका कारण कोरोना बढी संक्रमण हुने चिकित्सकको भनाइलाई मध्यनजर गर्दै ‘नो हृयान्ड सेक’ को नीति अवलम्बन गर्न जनसमुदायमा आहृवान गर्ने निर्णय पनि गरेको हो।

मन्त्रिपरिषदको बैठकले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोलीलाई प्रदेश सरकारले धन्यवाद ज्ञापन गरेको छ। प्रदेशका संरचना निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको खाली रहेको जग्गा उपलब्ध गराइदिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय समेत भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।

प्रदेश सूचनाको हक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने स्वीकृत दिने, चालु आर्थिक वर्षको लागि प्रदेश विशेष अनुदान तर्फका थप योजनाहरु स्वीकृत गर्ने निर्णय गरेको छ। साझा यातायात सहकारी संस्था लिमिटेडमा सेयर लगानीको निर्णय समेत खारेज गर्ने निर्णय गरेको छ। यसअघि साझा सहकारी संस्थासंग मिलेर बस सञ्चालन गर्ने भनिएपनि सहमति अनुसार काम नभएकोले सहमति खारेज गरिएको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिए।