Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नेपालका विभिन्न शहरमा अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला हुदै

Thursday, February 20, 2020 National Power

काठमाडौं-अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला फागुन १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंको कान्तिपथस्थित एक होटलमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारासहित दशौं अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला यही फाल्गुण १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना गरिने र त्यसका लागि आवश्यक सम्पूृर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

कल्चरल ग्रुपमा अध्यक्ष तथा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाका संयोजक रामचन्द्र कोइरालाले निजी क्षेत्रले यति ठूलो कार्यक्रम गर्दैगर्दा पनि सरोकारवाला निकायले भने खासै सहयोगात्मक हात अगाडि नबढाए पनि साँस्कृतिक मेलालाई भव्य रूपमा सम्पन्न गरेर देखाउने अठोट व्यक्त गरे । ‘नवौं अन्तर्राष्ट्रिय मेला भव्य रूपमा सम्पन्न गरेको अनुभवले पनि दशौं मेला अझ भव्य रूपमा सम्पन्न गर्नेछौं’ संयोजक कोइरालाले भने । उनले उद्घाटन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको हलमा हुने पनि जानकारी दिए ।

पत्रकार सम्मेलनमा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा सहभागी हुने मुलुकका सहभागीहरूले प्रस्तुत गर्ने लोक नृत्यका केही झलकहरू पनि प्रस्तुत गरिएको थियो । यसपटकको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलङ्का, इजिप्ट र नेपाल गरी ११ देशले सहभागिता जनाउने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।