Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

भारतीय राजदूत मन्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटे

Monday, March 27, 2017 National Power

१४ चैत, काठमाडौं – नयाँ भारतीय राजदूत मन्जिभ सिंह पुरीले नेपालका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका पुरी आज एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका हुन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको पहिलो भेट आपसी परिचय र दुई पक्षीय हितका विषयमै केन्द्रीत भएको बताइएको छ ।

यस्तै एमाले र भातबीच बिग्रिएको भनिएको सम्बन्ध सुधारका विषयमा समेत कुराकानी भएको थियो । एक घण्टा लामो भेटघाटमा समसामयिक अवस्था नेपाल भारत सम्बन्ध,आपसी परिचय लगायतका विषयमा छलफल भएको एमाले सचेतक भानुभक्त ढकालले जानकारी दिए । ४  वर्षे कार्यभार सम्हाल्न पुरी शनिबार नेपाल आएका हुन् ।