Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

महाराजगञ्जमा प्रहरीको सर्च अपरेसन, ३२ जना पक्राउ

Sunday, October 20, 2019 National Power

काठमाडौं – महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले विभिन्न क्षेत्रमा सञ्चालन गरेको ‘कर्डन एण्ड सर्च’ अपरेसनका क्रममा शंकास्पद र गैरकानुनी गतिविधिमा संलग्न ३२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेको नाम भने खुलाइएको छैन । स्क्रिनिङ गर्ने प्रक्रिया भइरहेकाले परिचय नखुलाइएको प्रहरीले जनाएको छ । डीएसपी उमेश लम्सालका अनुसार पक्राउ पर्नेमा १४ महिला र १८ पुरुष रहे काछन्ब ।

अपरेसनका क्रममा टोखा-१०, भण्डारी टोलमा रहेको जीतबहादुर केसीको घरबाट जुवा खरिरहेका ९ जनाको समूह पनि समातिएको छ । उनीहरुको साथबाट दुई लाख ४ हजार रुपैयाँ बरामद भएको छ ।

टिचिङ हस्पिटल पछाडि कान्ति मार्गमा किराना पसल चलाउने गीता शर्मा पनि पक्राउ परेकी छन् । उनको साथबाट ३२ प्याकेट पटका बरामद भएको जनाइएको छ । विस्तृत अनुसन्धान भइरहेको लम्सालले बताए ।