Friday 27th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

४५ बर्षको उमेरमा पनि मलाइका कसरी फिट र ?

Saturday, July 20, 2019 National Power

‘मुन्नी बदनाम हुई’, ‘चलो छैया छैया’ जस्ता गीतमा नाच्ने मलाइका अरोरा कति बर्षकी भइन् होला ? उनको जिउडाल हेरेर उमेर ठम्याउन मुस्किल पर्छ । मलाइकालाई झट्ट हेर्दा लाग्दैन कि, उनी ४५ बर्षकी भइन् । यस्तो पनि लाग्दैन कि, उनी हुर्किसकेका छोराका आमा पनि हुन् । मलाईकासँग पूर्वपतितर्फका एक छोरा छन् ।

यतिबेला मलाईकाको वैंश पनि आएको छ । उनी अर्जुन कपूरसँग डेट गरिरहेकी छिन् । मलाईकाका अरु कुरा थाँती राखौं, फिटनेसको कुरा गरौं । फिटनेसको चर्चा हुने बित्तिकै अभिनेत्री मलाइका अरोराको नाम अग्रपंक्तिमा आउँछ । फिल्मभन्दा बढि आफ्नो जीम तथा वर्कआउटका कारण उनी चर्चामा आइरहन्छिन् । सामाजिक सञ्जालमा असाध्यै सक्रिय हुने अभिनेत्री मलाइकाले हालै मात्र आफ्नो इन्स्टाग्राममा केही तस्बिरहरु शेयर गरेकी छिन् । जसबाट उनको फिटनेस रहस्यका बारेमा जानकारी पाउन सकिन्छ ।

मलाइका आफ्नो फिटनेस रुटिन तथा डाइटप्रति पनि अत्यन्त सजग छिन् । मलाईकाको कामूक तथा स्लिम फिगरको अघिल्तिर बलिउडका आजका नयाँ अभिनेत्रीहरु समेत टिक्दैनन् । त्यसो त मलाइका डाइटिङप्रति विश्वास नै राख्दिनन् । उनी ती सबै कुरा खान्छिन्, जुन स्वस्थकर हुन्छन् । यसबाहेक मलाइकाको यो फिटनेसको अर्को ठूलो कारण भने योगा समेत हो । उनी हरेक दिन नियमित योगा गरिरहन्छिन् ।

मलाईकाले आफ्नो योगाका केही तस्बिरहरु मलाइका मण्डे मोटिभेसनको हृयासट्यागमार्फत इन्स्टाग्रँममा पोस्ट गरेकी छिन् । जसको क्याप्सनमा उनले लेखेकी छिन्-‘योगाले मेरो जीवन परिवर्तन गरेकोमा म निकै खुशी छु । यसले मलाई स्वस्थ मात्र बनाएको छैन, जिन्दगीप्रतिको मेरो दृष्टिकोणमा समेत परिवर्तन ल्याइदिएको छ ।’ मलाईका प्रायः आफ्ना फिटनेस भिडियो अथवा वर्कआउटका तस्बिरहरु इन्स्टाग्राममार्फत सार्वजनिक गरिरहन्छिन् ।

यी सबै कुराहरुलाई एकातिर छाडौं, उनी अचेल सबैभन्दा बढि चर्चा त अर्जुन कपुरसंको प्रेम सम्बन्धका कारण छिन् । मलाइका र अर्जुन केही दिनअघि न्यूयोर्क पुगेका थिए, जहाँ उनीहरुले होलि डे मनाएका तस्बिरहरुले सामाजिक सञ्जालमा चर्चा पाइरहेका छन् ।