Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

फेस अफ प्लस टु

Sunday, June 30, 2019 National Power

काठमाडौं- सौन्दर्य प्रतियोगिता ‘फेस अफ प्लस टु’को दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । सुनौलो संसार म्यानेजमेन्टको आयोजनामा ‘फेस अफ प्लस टु’को पहिलो संस्करण सफलता पछि दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको आज राजधानीमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो । छानिएका सबै प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिललगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने सुनौलो संसार नेपालका सिइयो नारायणबहादुर थापाले बताए । थापाले प्लस टु दिएर बसेका विद्यार्थीहरुमा रहेको प्रतिभा निखार्दै उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले ‘फेस अफ प्लस टु’को दोस्रो संस्करणका गर्न लागिएको बताए ।

प्रतियोगिताको शिर्ष बिजेताले ६० हजार नगदसहित विभिन्न अवसरहरु प्राप्त गर्नेछन् । त्यस्तै शिर्ष विजेता सहित फष्ट र सेकेण्ड रनरअपले ग्रेस कन्सलटेन्सी बाट अष्ट्रेलियाका लागि फ्रि भिसा प्रोसेसिङ, फ्रि एयर टिकट, फ्रि आइ इल टि एस कलास प्राप्त गर्ने कन्सलटेन्सीका सिओ एन्ड्रु पौडेलले जानकारी गराए ।
यसैगरी शिर्ष बिजेताले सिन्धुपाल्चोकमा रहेको माउन्टेन भ्यु रिसोर्टमा चार जनाका लागि एक रात र दुई दिन बस्न र खानाको व्यवस्था, फष्ट रनरअपले तीन जनाको लागि र सेकेण्ड रनरअपले दुई जनाका लागि यो सुविधा प्राप्त गर्नेछन् । त्यस्तै शिर्ष बिजेतासहित फष्ट र सेकेण्ड रनरअपले हट ओयब सलुसनबाट फोटोग्राफी ट्रेनिङ, व्याचलर पढनका लागि स्कोलरसिप, एडी चामुण्डा इन्स्टििच्युट जोरपाटीबाट टियुसन क्लास, फलाइ टेक इन्टरनेशनलबाट एयर होस्टेजको ट्रेनिङ, काठमाडौं फिटनेस सेन्टर चुचेपाटीबाट फिटनेश कलास, राज मेकअप स्टुडियोबाट मेकअप क्लास, काठमाडौं एकेडमी अफ कुलुनरी आर्टबाट ६ महिनाको कुकिङ कोर्सलगायतका सुविधा प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै विजेता तथा छनोटमा पर्न सफल भएकाले आश म्युजिक कम्पनीबाट म्युजिक भिडियोमा डेब्यु गर्न सक्नेछन् ।