Friday 17th May 2024

    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै    समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ    ६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता    राष्ट्रिय संगीतकर्मी संघको नयाँ नेतृत्वमा प्रकाश कटुवाल    साहित्य, पत्रकारिता र सामाजिक विधा अन्र्तगत ओझालाई दिईयो बहुआयाम राष्ट्रिय सेवा सम्मान

एकै साता दुइ भिडियोमा अनामिका

Friday, June 7, 2019 National Power

अभिनेत्री तथा मोडल अनामिका चौलागाइको व्यस्तता बढेको छ । एकै साता दुई म्यूजिक भिडियोमा अनामिका व्यस्त भएकी छिन् । म्यूजिक भिडियोबाटै म्यूजिक खबर म्यूजिक अवार्ड, पावर न्यूज म्यूजिक अवार्ड तथा छयांछवि अनर अवार्ड मोडलका रुपमा पाइसकेकी अनामिकाले यो साता प्रसिद्ध संगीतकर्मीका भिडियो प्राप्त गरेकी छिन् ।
प्रसिद्ध संगीतकार स्वर्गीय नातीकाजीको संगीतमा रहेको प्रसिद्ध गीत किन आउँछ याद उनको… यतिखेर यसका गीतकार बी.बी. थापाले पुनः रेकर्ड गराएका छन् महिला स्वरमा ।

यस अघि पहिले नै प्रदिप राज पाण्डेको स्वरमा सजिएको यो गीत यतिखेर मेलीना राईको स्वरमा आएको छ । यहि गीत किन आउँछ याद उनको… मा अनामिका चौलागाइ फिचरिङ भएकी छिन् । अभिनेता तथा मोडल श्रीदेव भट्टराई अनामिकाको अपोजिटमा देखिएका छन् । गीतको छायांकन तथा सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गरेका छन् । यस्तै यसको निर्देशन युवा कवि तथा भिडियो निर्देशक हेम प्रभाषले गरेका छन् । गीतमा मनोज चौलागाईको एरेञ्जमेन्ट रहेको छ भने प्रकाश मिश्रले मिक्सीङ गरेका छन् । गीतकार बी.बी. थापाको एकै साथ २७ गीति एल्वम लोकार्पण समारोहमा यो गीतलाई प्रिमियर गरिएको छ भने यू ट्यूव मार्फत चाहि सार्वजनिक गरिन बाँकी नै छ ।

यस्तै यसै साता अनामिका चौलागाईले अर्को गीतमा पनि अभिनय गरेकी छिन् । बरिष्ठ गायिका कुन्ती मोक्तानको स्वरमा सजिएको कर्महारा चेली…बोलको गतिमा अनामिका फिचरीङ भएकी हुन् । राष्ट्रिय गीतका रचनाकार व्याकुल माहिलाको शब्दमा रहेको यो गीतका संगीतकार तथा एरेञ्जर भने पदम रजान मगर हुन् । गीतको निर्देशन एवं सम्पादन माधबराज खरेलले गरेका छन् भने छायांकन राजन खरेलको छ । रंग संयोजन भने राजेश कुमारले गरेका छन् । सामाजिक भावको यो गीतमा छोरी–चेलीको व्यथा देखाइएको छ ।
एकै साता यसरी अनामिकाले दुइ गीत गरेर व्यस्तता देखाएकी छिन् । पछिल्लो समयमा म्यूजिक भिडियोमा पनि अनामिकाको माग बढ्न थालेको छ ।