Friday 27th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

एकै साता दुइ भिडियोमा अनामिका

Friday, June 7, 2019 National Power

अभिनेत्री तथा मोडल अनामिका चौलागाइको व्यस्तता बढेको छ । एकै साता दुई म्यूजिक भिडियोमा अनामिका व्यस्त भएकी छिन् । म्यूजिक भिडियोबाटै म्यूजिक खबर म्यूजिक अवार्ड, पावर न्यूज म्यूजिक अवार्ड तथा छयांछवि अनर अवार्ड मोडलका रुपमा पाइसकेकी अनामिकाले यो साता प्रसिद्ध संगीतकर्मीका भिडियो प्राप्त गरेकी छिन् ।
प्रसिद्ध संगीतकार स्वर्गीय नातीकाजीको संगीतमा रहेको प्रसिद्ध गीत किन आउँछ याद उनको… यतिखेर यसका गीतकार बी.बी. थापाले पुनः रेकर्ड गराएका छन् महिला स्वरमा ।

यस अघि पहिले नै प्रदिप राज पाण्डेको स्वरमा सजिएको यो गीत यतिखेर मेलीना राईको स्वरमा आएको छ । यहि गीत किन आउँछ याद उनको… मा अनामिका चौलागाइ फिचरिङ भएकी छिन् । अभिनेता तथा मोडल श्रीदेव भट्टराई अनामिकाको अपोजिटमा देखिएका छन् । गीतको छायांकन तथा सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गरेका छन् । यस्तै यसको निर्देशन युवा कवि तथा भिडियो निर्देशक हेम प्रभाषले गरेका छन् । गीतमा मनोज चौलागाईको एरेञ्जमेन्ट रहेको छ भने प्रकाश मिश्रले मिक्सीङ गरेका छन् । गीतकार बी.बी. थापाको एकै साथ २७ गीति एल्वम लोकार्पण समारोहमा यो गीतलाई प्रिमियर गरिएको छ भने यू ट्यूव मार्फत चाहि सार्वजनिक गरिन बाँकी नै छ ।

यस्तै यसै साता अनामिका चौलागाईले अर्को गीतमा पनि अभिनय गरेकी छिन् । बरिष्ठ गायिका कुन्ती मोक्तानको स्वरमा सजिएको कर्महारा चेली…बोलको गतिमा अनामिका फिचरीङ भएकी हुन् । राष्ट्रिय गीतका रचनाकार व्याकुल माहिलाको शब्दमा रहेको यो गीतका संगीतकार तथा एरेञ्जर भने पदम रजान मगर हुन् । गीतको निर्देशन एवं सम्पादन माधबराज खरेलले गरेका छन् भने छायांकन राजन खरेलको छ । रंग संयोजन भने राजेश कुमारले गरेका छन् । सामाजिक भावको यो गीतमा छोरी–चेलीको व्यथा देखाइएको छ ।
एकै साता यसरी अनामिकाले दुइ गीत गरेर व्यस्तता देखाएकी छिन् । पछिल्लो समयमा म्यूजिक भिडियोमा पनि अनामिकाको माग बढ्न थालेको छ ।