Thursday 26th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

सबै दर्शक श्रोताको माया पाएको छु ; मोडल प्रमिला नेपाल

Thursday, June 6, 2019 National Power

बनेपा – काभ्रेपलान्चोक जिल्लाकोमा जन्मनुभएकी मोडल प्रमिला नेपाल एक सफल मोडल हुन । गित गाउन , डान्स गर्ने , मन पराउने नेपाल आज भोलि निकै ब्यस्त देखिन्छिन । कला क्षेत्रमा लागेर जिबन बिताउन मन छ भन्नू हुन्छ । घर परिवार बाट पनि यस क्षेत्रलाई त्यति मन पराउनु हुन्न तर सानै देखी नै एउटा कलाकार बन्ने मेरो चाहाना थियोे । अहिले षंघर्स गर्दै छु । प्रस्तुत छ अरबिन्द्र गौतमले गरेको कुराकानी

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आज भोलि म म्युजिक भिडियो , सर्ट मुभी , गित रेकर्डिङ तिर बिजि छु ।

० सुरुका दिनहरुको बारे बताउनु होस न कसरी कलाकारिता क्षेत्रमा लाग्नु भयो ?
मलाई यो कलाकारिता क्षेत्र सानै देखि मन पर्ने थियो । बिस्तारै कलाकारिता बुझ्दै थिए त्यहीँ बेला एउटा म्युजिक भिडियो बाट अफर आयो गरे पनि र सबै दर्शक श्रोताले मन पराउनु भयो । अनि अरु नयाँ नयाँ म्युजिक भिडियोको लागि पनि अफर आयो बिस्तारै यो क्षेत्रमा नै लागे यो लाग्नुको कारण दर्शक श्रोताको मायाले गर्दा हो ।

० कलाकार बन्न कतिको गर्यो छ ?
आफू सँग कला र क्षेमता भए कलाकार बन्न कसै गर्यो छैन तर आफू सँग राम्रो कला हुनु पर्छ जसले दर्शक श्रोताको मन जितोस अनि सफल कलाकार बन्न्न सकिन्छ ।

० घरपरिवार बाट यस क्षेत्रमा लाग्नको लागि कतिको सहयोग पाउनु भएको छ ?
मलाई घर परिवार बाट राम्रो सहयोग मिलेको छ । धेरै चाहिँ घरमा ममिले सहयोग गर्नु हुन्छ मेरो कामको लागि यसमा नै म खुसी छु सबैले साथ् दिनु भएको नै छ ।

० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भयो ?
अहिलेसम्म मैले एक दर्जन म्युजिक भिडियो र सर्ट मुभीमा काम गरेको छु अफरहरु आइरहेका छ्न समय मिलाउन सकेको छैन ।

० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट नै छु आजसम्म मैले खेलेको म्युजिक भिडियो र सर्ट मुभीहरुले धेरै नै चर्चा कमाएको छ । सबै दर्शक श्रोताले साथ र माया गर्दिनु भएको छ । यसैले नै म खुशी र सन्तुष्ट छु ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
मेरो चाहना नै एउटा सफल कलाकार बन्ने हो । सुरुमा आफू सन्तुष्ट हुनु पर्छ आफ्नो काम प्रती बाँच्न गर्यो छैन जहाँ सन्तुष्ट मिल्छ त्यस बाट बाँच्न सकिन्छ ।

० कसको प्रेरणाबाट यस् क्षेत्रमा लाग्नुभयो ?
यस क्षेत्रमा लाग्नु मेरो सानै देखिको रुचि हो । बिस्तारै कलाकारिता बुझ्दै थिए बुझ्दा बुझ्दै अफर आयो अनि म्युजिक भिडियोमा खेले सबै दर्शक श्रोताले मन पर्यौनु भयो अनि माग बढदै गयो अनि बिस्तारै यस क्षेत्रमा नै लागे कसै कसैको प्रेरणा बाट होइन मेरो रुचि र चाहानाले गर्दा आएको हु ।

० तपाईंलाई पछि गएर कस्तो नायिका तथा मोडल बन्न मन छ ?
त्यो चाहिँ हेर्नू पर्छ । कति सम्म गर्ने सकिन्छ र दर्शक श्रोताले कतिको माया र साथ् दिनु हुन्छ मैले गरेका कामहरु लाई अनि थाहा हुन्छ ।

० तपाईंले बिबाह गर्नु भएको छ ?
अहिलेसम्म गरेको छैन ।

० तपाईंलाई त्यस्तो कुनै अफर आएका छैन्न केटाहरु बाट ?
आएको छैन ।

० पहिलो प्रेम पत्र ?
मलाई अहिलेसम्म प्रेम पत्र नै आएको छैन ।

०तपाईंको विचारमा जिबन के हो ?
मेरो विचारमा जिबन एउटा सुन्दर फुल हो ।

० सेक्स के हो तपाईंको विचारमा ?
सेक्स एउटा मानव देखि लिएर सजिब बस्तुमा नभइ नहुने चिज हो । जसलाई सहि समयमा गर्ने सकियो भने राम्रो हुन्छ ।

० सेक्सको अनुभव छ ?
अहिलेसम्म छैन ।

० भविष्यको योजना ?
पछि सम्म नै यस कलाकारिता क्षेत्रमा रहेर देश र समाजको लागि केहि गर्नु छ ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न के चर्चा आउन अङ्ग प्रदर्सन गर्नु पर्ने हो ?
चर्चामा आउनको लागि अङ्ग प्रदर्सन गर्नु पर्छ भन्ने छैन कलाकारिता क्षेत्रमा कला देखाउने हो अङ्ग प्रदर्सन गर्ने ठाउँ होइन र अर्को कुरा आफ्नो इज्जत फालेर मलाई केही पनि गर्नु छैन र गर्दा पनि गर्दिन ।

० अन्तमा ?
सम्पूर्ण दर्शक स्रोताहरुलाई मलाई माया गरिदिनुहोला मेरो कामको मुल्यांकन गरिदिनुहोला हजुरहरुको साथ र सहयोगको आवाश्यकता छ भन्न चाहन्छु साथै तपाई तथा तपाईंको मिडियाले मलाई यस्तो मौका दिनुभएकोमा धन्यवाद भन्न चाहन्छु 😍😍