Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

कलाकार लाई कलाकारले सम्मान गर्ने गरौं ; कलाकार भुबन दुलाल

Tuesday, June 4, 2019 National Power

काभ्रेपलान्चोक – भक्तपुर जिल्लाको सुर्यबिनायकमा जन्मनुभएको कलाकार भुबन दुलाल आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । गित गाउन , नक्कल गर्ने , नयाँ नयाँ ठाउँ गुम्न मन पराउनु हुने कलाकार दुलाल अन्लाईन रोधी घरको व्यवस्थापकको पनि काम गरिरहनु भएको छ । बाल्यकाल देखि नै गित सँगितमा रुचि राख्ने उनले कलाकारहरु बिच आपसी सम्बन्ध राम्रो बनाउनको लागि नयाँ नयाँ कार्यक्रमको आयोजना गर्दै आउनु भएको छ । राष्ट्रियस्तरका कलाकारको साथ र उपस्थितिमा कार्यक्रम गर्दै आएको दुलालको भनाइ छ । प्रस्तुति छ नव क्षितिज साप्ताहिकका लागि कलाकार भुबन दुलालसँग अरबिन्द्र गौतमले गरेको केही कुराकानी स

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
म लोकदोहोरी क्षेत्रमा लागेको ४ बर्ष जति भयो । गित सँगित क्षेत्रलाई बिस्तारै बुझदै गएको छु । हाल भर्खरै चर्चित गायिका गिता देबि दिदिसँग मेरो नयाँ गित आउने क्रममा छ र केही अन्लाईन रोधी घरको व्यवस्थापकको रुपमा पनि काम गर्दै आएको छु ।

० तपाईं यस क्षेत्रमा कसरी लाग्नु भयो ?
सानै देखि मलाई काठे दोहोरी गित सँगित एक्दम मन पर्ने थियो र पहिला देखि नै म स्कुल तिर हुने प्रोग्रामहरुमा गित गाउने गर्थे पछि बुझदै गए र अहिले मेरो नयाँ गित निकाल्ने कोशिश गर्दै छु ।

० कलाकारहरुको पनि पिक्निक कार्यक्रम पनि राख्नु भएको थियो यो कार्यक्रम तपाईंले नै किन राख्नु भयो अरु चर्चित कलाकारहरुले गर्नुपर्ने ?
हो मैले पिकनिक कार्यक्रम राखेको थिए र भब्य रुपमा सम्पन्न पनि भयो । मैले यो कार्यक्रम राख्नुको मुख्य उधेश्य नै चर्चित कलाकारहरु र अब आउने नयाँ कलाकारहरु बिच समन्वय गराउने , आपसी सम्बन्ध राम्रो बनाउन , चिना परिचय गर्ने यो कार्यक्रम राखेको हु । किन मैले नै गरे भन्दा पनि मैले कलाकारिता क्षेत्रमा केही गर्नु छ । चर्चित कलाकारले नै गर्नु पर्छ भन्नू पर्ने छैन मलाई यस क्षेत्रमा केही नयाँ काम गर्नु सोचले मैले कार्यक्रम गरेको हु र अन्लाईन रोधी घरको केही साथीहरू बाट सहयोग पनि पाएकोले कार्यक्रम गरे ।

० कार्यक्रम गर्दा तपाईंले कतिको साथ सहयोग पाउनु भयो ?
यो कार्यक्रम मेरो पहिलो प्राय थियो मलाई धेरैले सहयोग पनि गर्नु भयो केहिले बिरोध पनि गर्नु भयो कलाकारहरुले साथ दिनु भएको थियो । आफुले सोचेको जस्तो सबै त पूरा भएन केही कमि कमजोरी पनि भएका थिए र सम्पूर्ण उपस्थित हुनु भएकोहरुले कार्यक्रम राम्रो भएको जानकारी दिनु भएको थियो । परदेश बाट राम चन्द्र वाग्ले , सरोज पन्त , सुबास दाहाल , राम कृष्ण दाहाल , नन्द ढुंगाना सरहरुले कार्यक्रममा नगद रकम दिएर सहयोग गर्नु भएको थियोे । उहाँ हरु प्रती हामी सदैब आभारी हुने छौ ।

० कलाकाररिता क्षेत्रमा खुट्टा तान्ने प्राविधि धेरै नै रहेको पाईन्छ कार्यक्रममा कतिको बिरोध आएको थियो रु
कार्यक्रम राख्नु भन्दा पहिला नै कलाकारहरुले नै बिरोध गरेका थिए । जसले जे गरे पनि म यो गर्छु भनेर लागेको थिए मलाई कसैले पनि रोक्न सकेन किनकि म जुन कामको सुरुवात गर्छु त्यो पूरा गरेर नै छोड्छु । जति नै बिरोध बाधा आए पनि पूरा गरेर नै छाडे यस्तै हो खुट्टा तान्ने प्राविधि धेरै नै देखिन्छ । यस्तो नहोस् कलाकारले कलाकारको सम्मान गर्ने गरौं ।

० तपाईंको भाबी योजना ?
जसले जति बिरोध बाधा गरे पनि नयाँ नयाँ कार्यक्रम गर्ने छु अझ धेरै सबै लाई जानकारी दिन चाहान्छु । गित सँगित बाट टाढा भएर बस्न सक्दिन यस क्षेत्रमा नै मैले केही गर्नु छ । देश र समाजमा पच्ने काम गरेर बिश्वसामु देशलाई सँगितिक क्षेत्र बाट चिनाउने प्राय गर्ने छु ।

० अन्तमा ?
अन्तमा म अझै नयाँ नयाँ कार्यक्रम कलाकारहरु माझ लिएर आउने छु सबैले साथ दिनु होला कलाकार भएको पछी कलाकारको सम्मान गर्ने गरौ बिरोध गर्ने काम कसैले पनि कहिले पनि नगर्नु होला भन्न चाहान्छु साथै तपाईं लगायत तपाईंको मिडिया नव क्षितिज साप्ताहिक लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।