Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

काण्डैकाण्डमा मुछिएको सरकार

Sunday, May 26, 2019 National Power

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल बनाउन क्रियाशील रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका बोली र काम गराई संविधानको मर्मविपरित रहेको भन्दै उनले त्यसबाट संवैधानिक संकट आउने सक्ने खतरा औंल्याए । राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सरकारको गलत रवैयाप्रति सजग रहन र निरन्तर खबरदारी गरिरहन सबैलाई अपिल गरे ।

‘प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेको छ । संविधान केही होइन, अब म जे बोल्छु त्यही नै सबैले मान्नुपर्छ भने जस्तोगरी प्रस्तुत हुनु अशोभनीय छ,’ उनले भने, ‘दम्भ र अहंकार त्यागेर संविधानको पालना गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले आफूलाई नसच्याए जनतासँगको भावनात्मक सम्बन्ध टुट्ने र अहंकार पनि अन्त हुने उनले चेतावनीसमेत दिए । जनअपेक्षा धेरै भए पनि वर्तमान सरकार भाषामा मात्र सीमित रहेको र कान्डै कान्डमा मुछिएको भन्दै उनले अहिलेको सरकारबाट कुनै आश गर्न नसकिने बताए ।

उनले भने- कांग्रेसको कार्यकर्ता हुँ भन्ने, तर अनुशासनमा नबस्ने, कुनै नेता विशेषको बनेर पार्टीभित्र असहयोग गर्नेहरुलाई ठेगान नलगाउँदासम्म कांग्रेस बलियो हुन सक्दैन राजधानीबासीको सबैभन्दा चासो र सरोकार जोडिएको मेलम्ची खानेपानीको काममा भ्रष्टाचार भएका कुराहरु सार्वजनिक भइरहेकाले यो दुःखद भएको बताए । ‘मन्त्री र सचिवले ठेकेदार कम्पनीसँग पैसा मागेकाले ठेकदार कम्पनीले हात झिकेको कुरा आइरहेको छ । यो अत्यन्त दुःखद हो,’ उनले भने ।

भ्रष्टाचारका मुद्दाहरुमा निष्पक्ष ढंगले छानबिन गरेर दोषीलाई दन्डित गर्न समेत सरकारले आनाकानी गरिरहेको उनले बताए । भ्रष्टाचार गर्दिनँ भन्ने नारा जप्ने, तर ठूला भ्रष्टाचारका मुद्दाहरु ओझेलमा पार्दै जाने काम अहिलेको सरकारले गरेको उनको भनाइ छ । कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले पद ओगटेका व्यक्तिहरुले पार्टी र संगठनको काम झारा टारेजस्तो गरी गरिरहेको बताए । नेता-कार्यकर्ताहरुको ध्यानाकर्षण गराउँदै उनले भने, ‘कांग्रेसको कार्यकर्ता हुँ भन्ने, तर अनुशासनमा नबस्ने, कुनै नेता विशेषको बनेर पार्टीभित्र असहयोग गर्नेहरुलाई ठेगान नलगाउँदासम्म कांग्रेस बलियो हुन सक्दैन ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले सरकारको गतिविधिविरुद्ध अब सडकदेखि सदनसम्म सशक्त रुपमा उत्रिने बेला आएकाले एक भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।सरकारका गतिविधि मौलिक अधिकार कुण्ठित गर्ने खालका भएकाले आफूहरु प्रेस र नागरिक अधिकारको रक्षाका लागि खरो रुपमा प्रस्तुत हुने उनले बताए । कार्यक्रममा काठमाडौं कांग्रेस सभापति सबुझ बानियाँले पार्टीले अघिसारेका जुनसुकै गतिबिधिलाई सफल बनाउन काठमाडौं कांग्रेस तयारी अवस्थामा रहेको बताए ।