Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

शसिपानीमा काभ्रे भिमसेन मन्दिरको पुनर्निर्माण तथा पुनर्स्थापना

Saturday, April 27, 2019 National Power

अरबिन्द्र गौतम / बनेपा
१४ , बैशाख / काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नम्बर ३ को शसिपानी काभ्रे भिमसेन मन्दिरको सय बर्ष भन्दा माथीको एतिहास रहेको छ । सय बर्ष भन्दा माथीको एतिहासिक मन्दिरको पुनर्निर्माण बनेपा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा पुनर्निर्माण तथा पुनर्स्थापना काम सुरु गरि कार्यक्रम सम्पन्न भएको छ ।

शसिपानी गाउँमा मन्दिर पुनर्निर्माण तथा पुनर्स्थापना गर्ने काम र गाउँको बिकास गर्नेकाम स्थानीय जनप्रतिनिधिहरुको हो तर शसिपानीका स्थानीयहरुले आफै यो उदाहरणीय काम गर्दै आफ्नो गाउँ आफै बनाउन भन्ने उदेश्यले मन्दिर पुनर्निर्माण तथा पुनर्स्थापना गरेका छ्न । यस मन्दिर निर्माणमा जनप्रतिनिधिहरुले कुनै चासो नदेखाए पछी हामी आफैले सुरु गरेका हौ स्थानीय एक ब्यक्तीको भनाइ छ ।

शसिपानी ठाउँ एक पर्यटकीय क्षेत्र हो । पर्यटकीय क्षेत्र भए ता पनि २०७२ सालको भुकम्प पछि यहाँका स्थानीयहरु अन्यत्र बसाई सरेका थिए । लगभग ३० धुरीको बसाइँसराइ गरेका ऊनीहरु लाई कसरी पुनर्स्थापना गर्ने सकिन्छ त्यो काम स्थानीय जनप्रतिनिधिको काम हो तर जनप्रतिनिधिले कुनै चासो नदेखाए पछि गाउँलेहरुले आफै पुनर्निर्माण काम सुरु गरि शसिपानी ठाउँलाई एक पर्यटकीय क्षेत्र बनाउन अब रिसोर्टहरु खोल्ने र पर्यटकहरु लाई आकर्षणको रुपमा चिनाउने बताएका छ्न ।

शसिपानी ठाउँ उचाइमा रहेको ठाउँ हो यहाँ बाट रमणीय दृश्यहरु देख्न सकिन्छ त्यसैले स्थानीयहरु भनिरहेका छ्न यो ठाउँ पर्यटकीय क्षेत्र हो । स्थानीय जनप्रतिनिधिले चासो दिएको खण्डमा चाडै यो क्षेत्रको बिकास हुन्छ स्थानीयहरुको भनाइ छ कामको सरुवा गर्ने हो जसले गरेपनि जनताले सुरु गरे जनप्रतिनिधिले सहयोग गर्ने र जनप्रतिनिधिले कामको सुरुवात गरे जनता सहयोग गर्नु पर्छ बनेपा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद दाहालले भन्नु भयो ।

शसिपानी काभ्रे भिमसेन मन्दिरको पुनर्निर्माण तथा पुनर्स्थापनामा तपाईं जनप्रतिनिधि भएको कारणले के – कति सहयोगमा गर्ने सक्नुहुन्छ भनेर पत्रकार अरबिन्द्र गौतमले प्रस्न गर्दा यसो भन्नू हुन्छ वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद दाहाल गुरु योजना सहित अगाडि बढेर सबैभन्दा पहिले मन्दिर निर्माण कार्य गर्ने छौं र पर्यटकीय क्षेत्र पनि बएकाले मन्दिरको सँग सँगै पर्यटकीय स्थलको रुपमा पनि बिकास गर्ने छौं

कार्यक्रममा मन्दिर पुनर्निर्माण तथा पुनर्स्थापना समिति बनाइएको छ र समितिले आज बाट नै काम सुरु गरेको समितिका अध्यक्ष राजेन्द्र दाहालले बताएका छन । मन्दिर पुनर्निर्माण तथा पुनर्स्थापना गर्नेका लागि आ-आफ्नो ठाउँ बाट सकेको सहयोग गर्नु होस् केही पनि गर्ने सक्नु हुन्न भने अरुले गरेको कामको बिरोध नगर्नुहोस् मन्दिर पुनर्निर्माण तथा पुनर्स्थापना समितिका सचीव मणिराम दाहालको भनाइ छ ।