Saturday 3rd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

देशको नाम बिश्व सामु चिनाउछु ; कलाकार गणेश के;सि

Monday, March 18, 2019 National Power


४ , चैत / बनेपा – काभ्रेपलान्चोक जिल्लाको बेथान्चोक गाउँपालिका वडा नं ४ मा जन्मनुभएको नेपाल कै कान्छो जादुगर गणेश केसि बाबू राजकुमार खत्री र आमा निर्मला खत्रीका छोरा हुन । उनले सानो उमेर देखिनै कलाकारिता क्षेत्रमा पहिला टेकेका थिए


सुरु सुरुमा उनी स्कुलमा हुने प्रोग्राममा डान्स गर्ने गर्थे पछि बिस्तारै उनी जादु सिक्न थाले अहिले आएर उनी नेपाल कै कान्छो जादुगर गणेश के।सिको नामले चिनिन्छन। विभिन्न ठाँउहरु गुम्न , नोवेल पढने , नयाँ नयाँ साथी बनाउन , नयाँ ठाउँहरु खोजी गर्ने , फुटबल खेल्न मनपराउने के।सि बच्चा देखिनै चन्चले स्वभावका थिए । प्रस्तुत छ नव क्षितिज साप्ताहिकका लागी अरबिन्द्र गौतमले गरेको कुराकानी

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
म आज भोलि मेला महोत्सव स्टेज प्रोग्राममा र म आफ्नो पढाइमा अलि ब्यस्त छु भन्नू पर्छ ।

० दर्शक श्रोताहरुलाई भन्दिनुहोस जादु भनेको के हो रु यो कसरी गर्ने सकिन्छ ?
जादु भनेको हातको सफाइ , त्चष्अप , कअष्लअभ , ब्अत हो । जादु गर्नेको लागी धेरै नै चोटि सिक्नु पर्दछ । ठुलो प्रयास बाट मात्र यो बल्ल सिक्न सकिन्छ । धेरै नै कोसिस गर्नु पर्छ ।

० सुरुका दिनहरूको बारेमा बताउनुहोस न कसरी कलाकारिता क्षेत्रमा लग्नु भयो ?
सानो सानोमा धेरै नै फुटबल खेल्ने गर्थें स्कुल पढदा म स्कुलको प्रोग्राममा डान्स पनि गर्थे त्यस पछि भगवान खत्री दाईले डान्स गर्नु पर्छ भन्नू भयो त्यसले नै आज सम्म निरन्तर काम गरिरहेको छु । पहिले डान्स मात्र गर्थे भने बिस्तारै जादु पनि सिक्दै गए अहिले डान्स देखि लिएर जादु र म्युजिक भिडियो निर्देशन पनि गरेको छु गर्दै पनि छु ।

० कलाकारिता क्षेत्रमा लाग्नु भएको कति भयो ?
म कलाकारिता क्षेत्रमा लागेको त धेरै भएको छैन भर्खरै दुई तीन बर्ष भयो अझै मैले केही गर्नु छ अझै नयाँ नयाँ कुराहरु सिक्दै पनि छु ।

० मेला महोत्सवमा आज भोलि तपाईंको चर्चा निकै बढेको छ नि यसमा तपाई के भन्नू हुन्छ ?
यसमा दर्शक श्रोताहरुको माया , सबैको साथ अनि मेरो मेहनतको फल भन्न चाहान्छु ।

० तपाईंले यो कला कसरी सिक्नु भयो ?
मैले जादु गुरुसँग सिकेको हु अरु केही कसैसँग पनि केही सिकेको छैन । आफुमा जे छ त्यो दर्शक श्रोताहरु लाई दिइरहेको छु ।

० जादु गर्ने मान्छेहरु कम नै छ्न तपाईं चाहिँ किन यसमा नै आकर्षित हुनु भयो ?
खासमा मिडिया मेरो जिन्दगी हो । मैले दर्शक श्रोताहरु केही नयाँ कुरा दिउ भनेर यो क्षेत्रमा लागेको हु ।

० यस क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
यश बाट म सन्तुष्ट छु दर्शक श्रोताहरु माया साथ पहिरहेको छु अझै पाउछु भन्ने लागेको छ सन्तुष्ट नै छु ।

० यस क्षेत्र बाट नै बाच्न सकिन्छ ?
खै १ म त बाचिरहेको छु । मलाई चाहिँ यो क्षेत्र बाट बाच्न सकिन्छ जस्तो लाग्छ । आफू सन्तुष्ट हुनु नै सबै भन्दा ठुलो कुरा हो ।

० पछि गएर तपाईंलाई कस्तो कलाकार बन्न मन छ ?
मलाई पछि गएर मेरो देशको नाम बिश्व सामु चिनाउन सकु अनि मलाई नयाँ पन मन पर्ने भएकोले यसलाई नै फलो गर्ने पाउ ।

० भावी योजना के बनाउनु भएको छ ?
अब नयाँ बर्ष देखि अमेरिकन नयत तबभिलत देख्न सकिने mबनष्अ नेपालमा ल्याउदै छु , कमेडि गित पनि ल्याउदै छु ।

० अन्तमा ?
अन्तमा अरबिन्द्र गौतम सर लगाएत नव क्षितिज साप्ताहिकको सम्पुर्ण युनिट लाई धन्यवाद भन्न चाहान्छु । अनि दर्शक श्रोताहरुलाई मेरो कामहरु हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनु होला भन्न चाहान्छु ।