Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

समाजसेवी सोमा खत्रीको तीज गीत बजारमा

Sunday, August 5, 2018 National Power

काठमाडौँ – लामो समयको अन्तराल पछि नितान्त फरक मौलिकपनाको एउटा तीज गीत अहिले नेपाली सांगीतिक बजारमा आएको छ । गायिका सोमा खत्रीको सुमधुर स्वरले सजिएको तीज बिशेष गीत भनेर ‘गाउँ तीजमा स्वर खोली’ नामको तीज गीत सार्वजनिक भएको छ ।

नेपाली समाजमा हिन्दु संस्कृतिमा महिलाहरुले प्रयोग गर्ने रातो टिका, राता चुरा अनि रातै रङ्का पहिरनको बिषयलाई पहिलो अन्तरामा अति शालिन र शिष्ट शैलिमा बयान गरिएको छ, नारी जाति भनेको प्रकृतिका सुन्दर फूल हुन् भन्ने भावलाई सरल तरिकाले प्रस्तुत गरिएको छ, सुन्दर फूल हेर्नलाई नजरहरुको ताँती लाग्ने रसिलो कुरा पनि यस गीतमा उतारिएकोले गीत सुनिरहूँ लाग्छ ।

नारी नेपाल चेतनशील संघ केन्द्रिय कार्यालयले आयोजना गरेको उक्त बिमिचन कार्यक्रममा प्रमुख अतिथि बरिष्ट गीतकार कृष्णहरि बरालको हात बाट गीतको म्युजिक भिडियोलाई सार्बजनिक गरिएको थियो । उक्त अबसरमा बरिष्ठ समाजसेवी गायक गायिका तथा संचारकर्मीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

कुशल गीतकार देवदत्त भट्टले रचना गर्नुभएको यस गीतमा संगीत प्रशिक्षक सप्रेम सागरले लो क लयमा कर्णप्रिय संगीत भरेका छन् ।समाजसेवाको पवित्र कार्यमा सिंगो मुलुकमै चर्चामा रहनु भएकी सामाजिक अभियन्ता तथा नेपालभर छरिएर रहेका बिभिन्न नारी सम्बन्धि संघ संस्थाहरुको छाता संगठनकी अध्यक्ष एवं गायिका सोमा खत्रीले गाएको यस तीज बिशेष गीत सुन्दा जति आनन्द आउँछ त्यो भन्दा बढि आनन्द अझै यस गीतमा आधारित म्यूजिक भिडियो हेर्दा आउँछ ।   यस गीतको म्युजिक भिडियोमा नायिका रकलाकार करुणा खत्री थापाको दमदार अभिनय तथा नृत्य देख्न सकिन्छ । यस म्युजिक भिडियोलाइ संगीतकार आफै सप्रेम सागरले निर्देशन गरेका हुन् ।

हेर्नुस् भिडियो