Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

करुणाको दिलको राजा युटुव मार्फत सार्वजनिक

Sunday, June 17, 2018 National Power

काठमाण्डौ – गायिका करुणा सिम्खडाले आफ्नो सौगात एल्वममा रहेको दिलको राजा बोलको गीत युटुव मार्फत सार्वजनिक गरेकी छिन् । केहि समय पहिले मात्रै नेपाली दर्शक स्रोतामाझ आफ्नो पहिलो गीति एल्वम् सौगात बजारमा ल्याएकी थिईन । सौगात एल्वममा ६ वटा गीतहरु रहेका छन् ।


परिवारको सहयोगमा सिम्खडा नेपाली सांगीतिक आकाशमा उदाउने जमर्को गर्दैछिन् । सिंखडा पेशाले शिक्षिकाका साथै एक कुशल गृहणी पनि हुन् ।


संगीतिक मोहनीले सिंखडालाई यसरी छोपेको छ कि उनिले आफ्नो नियमित कर्मवाट थोरै मात्रै भए पनि समय निकाल्न सकिन् भने गीत संगीतमै रमाउने गर्छिन यसो भनि रहँदा सिम्खडाको अनुहारमा खुशी देख्न सकिन्थ्यो, भन्थिन “मेरो श्रीमानको सहयोग र परिवारको साथले आज सांगीतिक आकाशमा छाउने कोशिस गरिरहेकीछु ।”

जिनियस म्युजिकले बजारमा ल्याएको एल्वम सौगातमा रहेको गीत दिलको राजा लाई केहि दिन अघिमात्रै यूटुद्यव मार्फत वजारमा ल्याईएको हो, उक्त गीतमा रावतको शव्द, भानुभक्त ढकालको संगीत र गोपाल रसाईलीको एरेन्ज रहेको गायिका सिंखडाले वताएकी छिन् ।

भिडियो