Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बन्दैन देश

Saturday, May 19, 2018 National Power

यो मातृभुमि यहि हाम्रो देश यो हाम्रो पहिचान हो ।
इतिहास खोज्छु , बनाउने पर्खा आउ न फेरि हो  ।।
आवाज झिक्ने काल र कलम स्मृति हाम्रै हो ।
पुर्खाको चिनो सम्पदा हाम्रो अमुल्य रत्न हो।।

कलाको पहिचान मेटियो बन्दैन देश हो ।
तर मान्छे अहिले स्वार्थले बाचे अचम्म कथा हो ।।
सधै नै यस्तो हुदैन कहिल्यै देश र कला हो ।
जिउ ज्यान दिउँ कलाको लागी सम्पदा हाम्रो हो ।।

यो देश हाम्रो यो देश राम्रो यहि पहिचान हाम्रो हो ।
खोई आज राम्रो पहिचान राम्रो कहाँ यो खोज्ने हो।।
स्वार्थको ब्यक्ति , स्वार्थ कला हुदैन हाम्रो हो ।
त्यसैले खोजौ स्मृति हाम्रो त्यही सुन्दर देश हो ।।

यो हाम्रो देश सुखको ढोका हामी नै साक्षी हो ।
यहि देशभक्ति जगाउ अब मातृत्व यहि हो ।।
हाम्रो यो पहिचान कलाको देश यहि हाम्रो देश हो ।
त्यसैले बचाउ पुर्खाको चिनो कला र देश हो।।


       अरबिन्द्र गौतम
          काभ्रे