Sunday 19th May 2024

    गायक थापाको मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक    १५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न    चोली चौबन्दी भाग २ सार्वजनिक (भिडियो सहित)    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी

सिडी विजय प्रथम, पद्मा लिंखा र सन्तोष श्रेष्ठ उत्कृष्ट

Monday, April 2, 2018 National Power

१९ चैत, काठमाडौं – रेडियो नेपालको ६८ औं वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगिता २०७४ अन्तर्गत आज भएको अन्तिम चरणको प्रतियोगितामा गायनतर्फ सिडी विजय अधिकारीले प्रथम स्थान हासिल गर्न सफल भएका छन् भने गीतकार पद्मा लिंखा मगर र संगीतकार सन्तोष श्रेष्ठ उत्कृष्ट गीतकार र संगीतकार बन्न घोषित भएका छन् ।

त्यस्तै गायनमा योगेन्द्र उपाध्याय द्वितीय, मेलिना फुयाँलले तृतीय स्थान हासिल गरेका छन् । रेडियो नेपालले प्रत्येक वर्ष स्थापना दिवसका अवसरमा क्षेत्रीय रुपमा आयोजना गर्ने गरेको खुला आधुनिक संगीत प्रतियोगितालाई यसपालीबाट प्रदेशस्तरीय आयोजना गरेको हो ।

सातै प्रदेशबाट उत्कृष्ट भएर केन्द्रीय रुपमा भएको प्रतिस्पर्धामा गायनतर्फ सिडी विजय अधिकारीले प्रथम स्थान चुमेका हुन् । त्यस्तै गीतकार पद्मा लिंखा मगर उत्कृष्ट गीतकार बन्न सफल भइन् भने सन्तोष श्रेष्ठ उत्कृष्ट संगीतकार घोषित भएका हुन् । रेडियो नेपालको प्रांगणमा आगामी चैत २० गते सम्पन्न हुने कार्यक्रममा पुरस्कृत सबै कलाकारको प्रस्तुति रहने बताइएको छ ।