Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

मौलिक तीज गीत घन्काइदेउ मादलु सार्वजनिक

Monday, July 28, 2025 National Power

काठमाडौं- सविता पोखरेलको शब्द, सुमन वैरागी पण्डितको संगीत र गायिका लक्ष्मी पुरी प्रधानको आवाजमा रहेको ‘घन्काइदेउ मादलु’ बोलको मौलिक गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा बाल्य अवस्था, प्रेम र पुर्णतः माइती गाउँकोे यादलाई जोडिएको सञ्चारकर्मी समेत रहेकी शब्द रचनाकार सविता पोखरेलले बताइन् । उनले भनिन्, ‘भिवर्स, चर्चा र पैसाका लागि देशको सांस्कृतिक पर्वमाथि प्रहार गर्नु हुँदैन, आज चर्चा कमाइएला भोली त हाम्रो मौलिकता हराएर खोज्नुपर्ने अवस्था आउनेछ, यही सोचले नै हाम्रो टिमले यो गीत गरेका हौँ ।’

सञ्चारकर्मी तथा गीतकार पोखरेलको शब्द रहेको गीतमा वास्तविक तीज गीतको मर्म यसअघिका गीतमा पनि प्रसस्तै भेटिएको भन्दै आफूले यस गीतमा पनि मौलिक आवाज दिएको गायिका लक्ष्मी पुरी प्रधानले बताइन् । केसु गुरुङ र सरु केसीको कोरस भोकल रहेको गीमा संगीत संयोजन मदन केसीले गरेका हुन् ।

एमबी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई गीतको मिक्सिङ तथा मास्टरिङ विपिन आचार्यले गरेका हुन् । निरेन श्रेष्ठद्वारा निर्देशित र नितिन वाइबाको कोरियोग्राफीमा बनेको भिडियोमा रिचा खड्काको अभिनय रहेको छ भने गायिका लक्ष्मी लगायतलाई पनि देख्न सकिन्छ । सुनिल भण्डारीले छायांकन गरेको भिडियोलाई गायिका लक्ष्मीले आफ्नै युट्युब च्यानलमार्फत सार्वाजनिक गरेकी हुन् ।

गायिका पुरीले भनिन्, ‘यतिबेला तीज गीत सार्वजनिक गर्ने क्रम बढ्दो छ, सार्वजनिक भएका र धेरै भिवर्स कमाएका धेरै गीतहरुलाई हेर्ने हो भने अधिकांश कित दोहोरी गीत सार्वजनिक भएका छन्, कित तिजमा रक शैलीलाई मिश्रण गरेको पाइन्छ, यस्तै गीतहरुलाई श्रोताले रुचाउँछन् भनेर विभिन्न भावभंगीका दोहोरी या रक शैलीका गीतलाई प्राथमिकता दिने हो भने एक दिन तीज गीतको वास्तविक मर्म भोलीको पुस्तालाई थाहापत्तो हुने छैन ।’

यस्तै भड्किलो तिज गीतको भीडमा पनि केहि मौलिक तिज गीतहरु पनि सार्वजनिक भइरहेकाले यही क्रममा आफूले यस गीत ‘घन्काइदेउ मादलु’ बोलको मौलिक गीत सार्वजनिक गरेको गायिका पुरीको भनाई छ ।