Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

TAG International Academy Consultancy को ब्रान्ड एम्बेसडरमा रवि ओड

Saturday, July 19, 2025 National Power

काठमाण्डौ  – संगीतको मञ्चमा लाखौं मुटु जितेका नेपाल आइडल रवि ओड अब युवाहरूको शैक्षिक सपना साकार पार्न अग्रसर हुँदै TAG International Academy Consultancy को ब्रान्ड एम्बेसडर बन्नुभएको छ। सुदूरपश्चिमको गाउँबाट सुरु भएको यात्राबाट काठमाडौं, अनि अ्मेरीका ,अष्ट्रेलिया, जापान अन्य थुप्रै देशहरूमा पुगेका रवि ओड, केवल गायक मात्र होइनन्, एक यथार्थवादी संघर्षशिल व्यक्तित्व पनि हुन्।

नेपाल आइडलको मञ्चमा उभिएर जब उनले पहिलो पटक गीत गाए, तबदेखि आजसम्म उनको जीवन निरन्तर मेहनत, यात्राहरू र अनुभवले भरिएको छ। रवि ओडले विभिन्न देशहरूमा सांगीतिक प्रस्तुति दिएका छन्, स्थानीय दर्शकहरूसँग भावनात्मक सम्बन्ध बनाएका छन्, र नेपाली समुदायको आवाज बनेका छन्। त्यही अनुभव, त्यो exposure, अब उनले शिक्षा र परामर्श क्षेत्रमा प्रयोग गर्न लागेको यो सहकार्य विशेष छ। TAG International Academy को तर्फबाट म्यानेजर Mr. Rozal Risal भने “रवि ओड जस्तो सच्चा र प्रेरणादायी व्यक्तित्वसँग सहकार्य गर्नु हाम्रो लागि सौभाग्य हो।

उहाँको अन्तर्राष्ट्रिय अनुभव, गीत–संगीतमा सफलता, र युवाहरूसँगको गहिरो सम्बन्धले TAG लाई अझ नजिक, अझ विश्वासिलो बनाउनेछ।” रवि ओड्ले भन्छन “TAG सँगको सहकार्य मेरो जीवनको अर्को महत्वपूर्ण अध्याय हो। मैले आफूले देखेको संसार, गरिरहेको यात्रा, र गीत–संगीतबाट पाएको ऊर्जालाई अब विदेश अध्ययनको सपना देख्ने विद्यार्थीहरूलाई प्रेरणा दिने रूपमा उपयोग गर्न चाहन्छु। TAG सँग म केवल एम्बेसडर होइन, तपाईंहरूको साथी बन्न आएको छु — जहाँ शिक्षा छ, त्यहाँ अब म पनि छु।

”  TAG International Academy ले विद्यार्थीहरूलाई विदेश अध्ययनमा भरपर्दो मार्गदर्शन दिँदै आएको संस्था हो, जसले रवि ओडसँग सहकार्य गरी अझ गहिरो पहुँच र प्रभाव बनाउने लक्ष्य लिएको छ।