काठमाडौं – संगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो भाषा, संस्कृति र पहिचानको संवाहक पनि हो । नेपाल जस्तो बहुभाषिक, बहुसांस्कृतिक मुलुकमा संगीतको विविधता झल्काउने र सर्जकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) द्वारा आयोजित राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ को आठौं संस्करणका लागि मनोनयन सार्वजनिक गरिएको छ ।
नेपालमा थुप्रै संगीत अवार्डहरू आयोजना हुने गरे पनि विभिन्न मातृभाषाका कलाकारहरूलाई एउटै मञ्चमा सम्मान गर्ने अवसर कमै पाइन्छ । निम अवार्ड भने यसै विशेषताका कारण छुट्टै पहिचान बनाउँदै आएको छ । नेपाली भाषा मात्र नभई, नेपालमा बोलिने अन्य थुप्रै भाषाहरूका संगीत सिर्जनाहरूलाई समेत समान अवसर दिने लक्ष्यसहित यो अवार्ड आयोजना हुँदै आएको छ । यस संस्करणमा ४० विधामा मनोनयन घोषणा गरिएको छ, जसमा फरक–फरक भाषा, संगीत शैली र प्रस्तुति समेटिएका छन् ।
विजेता छनोटको लागि अनलाइन भोटिङ प्रक्रिया खुला गरिएको छ । साथै, विभिन्न विधाका विज्ञ निर्णायकहरूको समूहले समेत मूल्याङ्कन गरी निष्पक्ष निर्णय दिनेछ । निम अवार्डका कार्यक्रम संयोजक कमला जोशी का अनुसार, ‘अवार्ड चयन प्रक्रिया पारदर्शी बनाइनेछ, जसले हरेक भाषाभाषीका संगीतकर्मीलाई सम्मान दिलाउनेछ ।’ आठौं संस्करणको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि. ले लिएको छ । अवार्ड वितरणको भव्य समारोह बैशाखको दोस्रो हप्ता काठमाडौंमा आयोजना हुने तय भएको छ । सोही कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत विभिन्न सम्मान तथा पुरस्कार पनि प्रदान गरिनेछ ।
निम अवार्डले आठ वर्षदेखि पूर्व मेचीदेखि पश्चिम महाकाली मात्र होइन, विदेशमा रहेका नेपाली भाषी तथा अन्य भाषा–संस्कृतिका संगीतकर्मीहरूलाई समेत सम्मान गर्दै आएको छ । आयोजकहरूका अनुसार, ‘संगीतको माध्यमबाट भाषा, संस्कृति र विविधतालाई जोगाउने हाम्रो प्रयास निरन्तर जारी रहनेछ ।’
संगीतप्रेमीहरूले मनपर्ने कलाकारलाई समर्थन गर्न अनलाइन भोटिङमा सहभागी हुन सक्नेछन् । यो अवार्ड न केवल कलाकारहरूको सम्मानका लागि महत्वपूर्ण छ, बरु नेपालको सांगीतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने एउटा अभियान पनि हो । यसरी, निम अवार्ड केवल एउटा प्रतिस्पर्धा होइन, यो नेपालका विविध भाषाभाषी कलाकारहरूको एउटै मञ्चमा संगम हो, जहाँ हरेक सिर्जना सम्मानित हुन पाउँछ ।
आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) को लागि https://aventoz.com/event-details/67e57c293d6c0 मार्फत अनलाइन भोटिङ पनि खुल्ला गरिएको छ ।
उत्कृष्ट राष्ट्रिय भाव १. मेनुका थापाः उठ उठ्नै पर्छ २. राजानन्द माण्डव्यः मेरो झण्डा फरफराउँछ ३. राम प्रसाद अवस्थीः उठौं जनता उठौं ४. मनमाया पंगेनीः स्वर्ग जस्तो यो धर्ती ५. डा. ओम कृष्ण प्रसाईः खेलाडी उत्कृष्ट गजल १. भुपेन्द्र महतः नजर का ति माद २. डि.पी खनालः नजिक भएर ३. गीता सापकोटा हुमागाईः किन उत्कृष्ट आधुनिक गीतकार १.जि.एम दिपु दिपेन्द्रः महँगो भो तिम्रो माया २.गोविन्द भट्टः जुनेली ३.डा. ओम कृष्ण प्रसाईः सावनको मुल सरी ४.ओम केरुङः न बोल्न सके ५.सुनिता बस्नेत थापाः न त तिमि फुल हौ उत्कृष्ट लोक/पप गीतकार १. भिम धितालः तिमि त साच्चै व्युटीफुल (लोकपप) २. ओम केरुङः आँखाको नुर ३. डि.पी खनालः बुझे हुन्छ कुरा (लोकपप) ४.साहित सिंह ठकुरीः सिंन्दुर ५. लिला राज काम्वाङः छुट्ने वेला उत्कृष्ट लोक/आधुनिक संगीतकार १. नरहरि प्रेमीः पिलेन उडाउने २. राजन राज शिवाकोटीः माया गर्न जान्यो मायाले ३. स्माईलदासः न वोल्न सके ४. सरोज पोखरेलः चाहान्छु ५ ५. द्रोण पराजुलीः सुचना र प्रविधि यो उत्कृष्ट आधुनिक गायक १. जगदिश समालः नजरका ति माद २. सुरेश लामाः सिन्दुर ३. साईराज खातीः आमा ए आमा ४. सुवास तिम्सिनाः सावनको मुल सरी ५. सौगात जंग थापाः तिमि आदत बन्यौ उत्कृष्ट आधुनिक गायिका १. अनु चौधरीः भुल्नै गाह्रो भो २. मिलन नेवारः आँखाको नुर ३. समिक्षा अधिकारीः जुनेली ४. मेलिना राईः बग्ने खोलाको पानी ५. प्रतिमा के.सीः बाँचुन्जेल उत्कृष्ट लोक/पप गायन १. शोभा पाण्डेः डल्ले खुर्सानी २. अर्जुन खरेलः दुई चुल्ठी ३. तेजवती जोशीः नेपालकी छोरी ४.सुरेन्द्र महर्जनः पिरिम गोलिले ५. मुना ठटालः छुट्ने बेला उत्कृष्ट युगल गायन १. राजन राज शिवाकोटी/ बियोन्सीः माया गर्न जान्यो मायाले २. साईराज खाती/मुना ठटालः छुट्ने बेला ३. रुद्र शेखर शर्मा/ बेनीषा पौडेलः के होला भोली ४. रिता केसी/ टेक विसीः तिमि त साच्चै व्युटिफुल ५. भुवन प्यासी/ मेलिना राईः ईन्गेज्मेन्ट उत्कृष्ट दोहोरी शब्द १. अनिल खनालः बिना स्वादै २. किस्ना आचार्य (रोशनी): निरि मायाको ३. सरोज विरही कार्कीः ए माया ४.अनिल श्रेष्ठः माया लाउँछ ५. निश्चल दवाडीः कस्मीरे पच्छ्यौरी उत्कृष्ट दोहोरी लय १. नरहरि प्रेमीः माया लाउँछ २. शिव कुन्जी मगरः बनको थाकल ३. शान्त शिशिरः बेसारे माया ४. रामचन्द्र चन्दः बिना स्वादै ५. कमल विसी माल्दाईः डोरी बाटेर उत्कृष्ट दोहोरी गायक १. तेजश रेग्मीः पुषलाई नदिनु २. हेमन्त कान्छा रसाईलीः पशुपतिमा शिवजी ३. बिशाल सोनीः कामी दाईको घन ठोकाई ४. सरोज विरही कार्कीः ए माया ५. कमल विसी माल्दाईः डोरी बाटेर उत्कृष्ट दोहोरी गायिका १. सिमा थापाः दमौलीमा गेट २. शान्तिश्री परियारः निरि मायाको ३. अमृता लुङ्गेली मगरः ऐ माया ४. देवी घर्तीः पुषलाई नदिनु ५. तारा थापाः पिर नभाको मान्छे उत्कृष्ट नव गीतकार १. रोहन पौड्यालः तिमि रिसाउनु मै फकाउला २. एकेन्द्र भुलः तिम्रो नै साथ होस ३. दिपेन्द्र अधिकारीः जिन्दगीहो खेल जस्तै ४. प्रजन बस्नेतः सिन्दुर पोते ५. पशुपति रिजालः धेरै टाढा छु । उत्कृष्ट नवगायक १. सन्तोष कुमार तामाङः कसले बनायो पैसा २. बुद्धि अधिकारीः जे जे माग्छौ माग ३. शिवराज विश्वकर्माः लैजाउ तिम्रो सम्झना ४. सुरज गुप्त: पिलेन उडाउने ५. हुमेश भण्डारीः बनको थाकल उत्कृष्ट नवगायिका १. ममता नेपालीः डिम्पल सुहाउने २. उर्मिला नेपालीः बसन्ती रंग ३. कमला के.सीः माया लाउँछ ४. रोजिना बस्नेतः माया गर्ने जोडी ५. निरा थापा मगर: मलाई यो बैशले ६. निरुता राईः आउ आउ उत्कृष्ट ध्वनी मिश्रण १. अशोक महर्जनः आमा ए आमा २. किशोर थापाः न वोल्न सके ३. शैलेस श्रेष्ठः मस हुँ न्हिला केलेहेँ ४. प्रकाश मिश्रः थाहै थिएन दिल ५. मनोज परियारः धोका पाया उत्कृष्ट एरेन्जर १. रिदम कडेलः अधुरो सपना–२ २. कुशल सिंह “निल”: छुट्ने वेला ३. बिशम आचार्यः न वोल्न सके ४. विश्व अधिकारीः बुझे हुन्छ कुरा ५. एचविएन किस्मतः चन्द्र कुमारी उत्कृष्ट भिडियो निर्देशक १. देवेन्द्र पाण्डेः जुनेली २. जनक सिंहः भुल्नै गाह्रो भो ३. नवराज सुवेदीः हाई दैया ४. पुजा ठकुरीः पिर्के सलामी ५. प्रकाश धितालः गन्र्दव बाहुन उत्कृष्ट कोरियोग्राफर १.प्रविन थापाः फ्याट्टै पोईल २.राजीव समरः बुझे हुन्छ कुरा ३.आराध्यलक्ष्मी खड्गीः छंगु मतिना ४.रामजी लामिछानेः सुन भन्दा नुन धेरै सस्तो ५.पुनम श्रेष्ठः आउ आउ उत्कृष्ट छायाँकार १. नवराज उप्रेतीः बाचा भयो २. उत्सव दाहालः आमा ए आमा ३. दिनेश पराजुलीः भर्खरै लागेको अठार ४. पवन सुस्लिङः डिम्पल सुहाउने ५. दिपक गिरीः भुल्नै गाह्रो भो उत्कृष्ट सम्पादक १. डिनसन शाहः मेरो कोही त छ २. अमृत चापागाईः भुल्नै गाह्रो भो ३. विकास दाहालः माया गर्ने जोडी ४. राजेश कुमारः सुनौली कोल . ५. राकेश दाहालः भखैरै लागेको अठार उत्कृष्ट आधुनिक मोडल पुरुष १. प्रज्वल राज भट्टः खुशी तिमिलाई २. शुसान्त ढकालः तिम्रो माया ३. सम्राट अधिकारीः छुट्ने वेला ४. एलपी शर्माः मनमा पर्यो चोट ५. कमल सिंहः चाहान्छु–५ उत्कृष्ट आधुनिक मोडल महिला १. अम्बिका तामाङः च्वाँके बालेर २. जुना कार्कीः झरी ३. सोफी धरेलः बग्ने खोलाको पानी ४. अश्मि थापाः यो मन ५. पवित्रा शाँखीः भुल्नै गाह्रो भो उत्कृष्ट दोहोरी मोडल पुरुष १. संजीव ठकुरीः बाँसको डोको २. प्रभात पल ठकुरीः कन्या राशी ३. बिशाल सोनीः कामीदाईको घन ठोकाई ४. सुधिर श्रेष्ठः सानै छु भेना ५. सरद एल.जीः ओई भन्दा होई उत्कृष्ट दोहोरी मोडल महिला १. स्मारिका ढकालः फ्याट्टै पोईल २. संजिता गोलेः दर्पण बनाई हेर्छु ३. अस्मिता पुरीः फुल माया ४. ललना चिमोरियाः म त तिम्रो होईन ५. नारायणी खत्रीः करिमैले पो के गर्छ साईला उत्कृष्ट नवमोडल पुरुष १. कुन्दन गुप्ताः हामी छुट्ने दिन २. कैलाश कठायतः बोली झर्कै छ ३. सचिन खड्काः यो मुटुको एउटै चाहा ४. रेवेल राईः मोहनी ५. कृष गुरुङः बाख्रा करायो । उत्कृष्ट नवमोडल महिला १.अनु रानामगरः कसले बनायो पैसा २.श्रीनुरः तिमि रिसाउनु मै फकाउँला ३. सदिक्षा पाण्डेः राजाको राज्य ४. निरुता बिष्टः मलाई त तिम्रो भर पर्नु छ ५. एलिना थपलियाः लहै लहैमा उत्कृष्ट नेपाल भाषा गीतकार १. संघरत्न शाक्यः कतांमरिया रुप छंगु २. अमृत रत्न शाक्यः मुसुहुँ न्हिला ३. राजकुमार मानन्धरः दिलमाया ४. सुरज विर बज्राचार्यः नक्कलीम्ह मयजु ५. रजन कुस्लेः फागु पुन्हि उत्कृष्ट नेपाल भाषा संगीतकार १. राजकुमार मानन्धरः दिलमाया २. गोविन्द ह्युमतः मुसुहुँ न्हिला ३. भिम प्रसाद प्रजापतिः हाकुपर्सि ४. हरि बहादुर रञ्जितः नाप च्वने मदुसां ५. सानुबाबु महर्जनः मस्यु जित छुजुछुजु उत्कृष्ट नेपाल भाषा गायन १. राजकुमार मानन्धरः दः पिनि द्यः ब्वय्कि २. सुनिल चित्रकारः मुसुहुँ न्हिला ३. गंगादेवी महर्जनः कतांमरिया रुप छंगु ४. विरज महर्जनः नक्कलीम्ह मयजु ५. सत्य नारायाण मानन्धरः हाई हाई रे उत्कृष्ट नेपाल भाषा मोडलिङ १. सृष्टि महर्जनः मुसुहुँ न्हिला २. सुदिप श्रेष्ठः कतांमरिया रुप छंगु ३. हसना महर्जनः नक्कलीम्ह मयजु ४. मनोज महर्जनः नक्कलीम्ह मयजु ५. विजयमान सिंहः छंगु मतिना उत्कृष्ट नेपाल भाषा निर्देशन १. दर्शनबिर शाक्यः नाप च्वने मदुसां २. आराध्यलक्ष्मी खड्गीः छंगु मतिना ३. रामकृष्ण खड्गीः नक्कलीम्ह मयजु ४. श्याम सुन्दर शिल्पकारः दः पिनि द्यः ब्वय्कि ५. रबि सायमीः कतांमरिया रुप छंगु उत्कृष्ट काँठे गीत १. दिनेश श्रेष्ठः रातो भाले २. उमा श्रेष्ठः उनिको पच्छेउरी ३. सुजता के.सीः आलु तामाले ४. सारदा रसाईलीः गौरी ५. सन्ध्या परियारः ढाका टोपी ढाकाकै चोली उत्कृष्ट डेउडा गीत १. महेश कुमार औजीः ए ईजु गैग्यो परान २. मोहन क्षितिज औजीः जुनकिरी ३. ईब्सल सन्ज्यालः मधुवन ४. गोपाल दयालः धोका पाए ५. विष्णु धामीः टिकटिकै चलाउदी ६. भिष्म राज फुलाराः साईनो मेटाईगई उत्कृष्ट मैथली गीत १. डा.पूनम सिन्हाः मेघ मलहार २. विरेन्द्र झाः मिथिला धाम ३. हरि शंकर चौधरीः अकेलै हम होरछी जव ४ माला राजबंशीः उगना उगना ५. झोटन मेहताः मिथिलाके बेटी–२ उत्कृष्ट तामाङ सेलो १. बसन्ती लामाः सुटुक्कै यो मन २. समिर लामाः नाचन च्याङ्वा ३. टिका बमजनः तामाले बोली फेर्दैन ४. सन्जोक योन्जनः मायामा नेल ५. टिका बम्जनः तामाको छोरो हिरो छ उत्कृष्ट भाषाभाषी गीत १. धिरेन लोप्चनः धिमङाला हेटौडा (तामाङ भाषा) २. पुनित कुमार बंशलः जै जनम भौम (मारवाडी भाषा) ३. शिव जि एमः थारु न. १ (थारु भाषा) ४. रत्नदिप चौधरीः ए हउ साली (मैथिली भाषा) ५. धनु ज्ञाङ्मी मगरः मगर हुर्रा (मगर भाषा ) उत्कृष्ट डायस्पोरा १. रमण रेग्मीः बिछोडको घाउ २. कुमार मिश्रः यो दिलको पाईलट ३. निता आचार्यः चुपचाप ४. प्रतिक्षा लिम्बुः छुट्ने बेला ५. लक्षु शर्माः आमा ए आमा उत्कृष्ट प्रत्यक्ष दोहोरी गायन १. सानु सुर्खाली २. शान्ति कार्की ३. अनिल सुनार ४. मालती मगर ५. सुभद्रा श्रेष्ठ