काठमाडौँ-चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को यस पटक थाइल्यान्डमा हुने भएको छ । यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो । यसैबिच आयोजक क्वालिटी फिल्मस् प्रा.लि.ले यस पटक अवार्डमा सहभागी भएका विभिन्न २७ विधाको मनोनयन सूची आज सार्वजनिक गरेको छ ।
अवार्डको लागि यस पटक पनि गीत संगीत, म्युजिक भिडियो, चलचित्र, टेली चलचित्र, मोडल, छायांकार, सम्पादक, निर्देशक, संगीत संयोजक जस्ता विभिन्न विधामा मनोनयन सार्वजनिक गरिएको हो । मनोनयन सूची सार्वजनिक भएसँगै यो अवार्ड थाइल्यान्डमा आयोजना गर्ने तयारी भव्य रूपमा भइरहेको अवार्डका अध्यक्ष एवम् चलचित्र तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले बताएका छन् ।
अवार्डमा सहभागी हुने कलाकारहरूले काठमाडौँबाट थाइल्यान्ड पुगेर अवार्ड ग्रहण गर्ने पनि गुरुङले बताएका छन् । मनोनयनमा परेका विधाहरुको लागि खल्ती एप्समा भोटिङ समेत खुला गरिएको अध्यक्ष उमेशले जानकारी गराएका छन् । मनोनयनमा परेकाहरुलाई जिताउन खल्ती एप्समा गएर भोटिङमा सम्बन्धित विधा तथा ब्यक्तिलाई धेरै भन्दा धेरै भोटिङ गर्न पनि आयोजक पक्षको अनरोध छ । मनोनयनबाट चयन भएकाहरुबाट निर्णायकको निर्णय र भोटको आधारमा उत्कृष्ट चयन गरिने पनि गुरुङले बताएका छन् ।
सर्जकलाई सम्मान गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नारासहित यो अवार्ड चार वर्ष अघिबाट सुरु भएको हो । विगत झैँ यस पटक पनि यो अवार्डलाई प्रतिस्पर्धामूलक रूपमा आयोजना गरिने भएको छ । यो अवार्ड चैत अन्तिम साता आयोजना गरिने पनि आयोजक पक्षले जनाएको छ ।
चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१को मनोनयनमा चयन भएका विधाहरु आधुनिक गीत गायक १. धनकिरण गुरुङ्ग – मायाँको सिमाना २. हेमन्त शिशिर – तिम्रो मायाँ बम गोला ३. ओम सुनार – मायाँले सजाउँला ४. आर्जन पाण्डे – तिमीलाई हेरि हेरि ५. डिका गुरुङ्ग – ओ माया आधुनिक गीत गीतकार १. कुमार मिश्र – यो दिलको पाईलट तिमी २. देवेन्द्र आचार्य – सजाय काफी हुँदैन ३. बिष्णु सुवेदी – बोली रहने मायाले ४. बिदूर राज गिरी – ब्याथा ५. पल घले – ओ माया आधुनिक गीत संगीतकार १. पल घले – ओ माया २ राजेन्द्र बजगाई – बोलि रहने माया ३ बाबुल गिरि – ब्यथा आधुनिक गीत महिला मोडल १. रिना गुरुङ्ग – जुनेली २. कला राई – सहारा ३. मेनुका क्षेत्री – मायाको सिमाना ४. पूर्णिमा मगर – सक्कली माया ५. स्वनिका बास्तोला – व्यथा आधुनिक गीत मिक्सिङ १. डिका गुरुङ – ओ माया २. खड्क बाजुराली – दिएर हातैमा ३. मनोज परियार – सजाय काफी हुँदैन गाउँ चिनारी गीत १. ओ माया ९मनाङ्ग गीत० २. भुम्लीचोक गाउँ ३. कोल्की हाम्रो गाउँ ४. हाम्रो रुवी भ्याली ५. मेरो काउली गाउँ म्युजिक भिडियो निर्देशक १. सुरेश पाण्डे – जवानीले पोल्यो २. बिशाल बैरागी – पुगेन ३. तिलक शाही (चिट्टी) – जुना भुल्यौकी ४. मिलन श्रेष्ठ – नुवाकोेटे यो झिल्के ५. जोन राई – ओ माया चलचित्र तथा टेली चलचित्र खण्ड (निर्देशक) १. डब्बु क्षत्री – सिगरेट (नेपाली) २. जनक गुरुङ्ग – ह्रोसै ङ्हो (गुरुङ चलचित्र) ३. दिलिप फुरुम्बो – सेमेवा (लिम्बु चलचित्र) चलचित्र स्कृप्ट १.दिलिप फुरुम्बो – सेमेवा (लिम्बु चलचित्र) २. जनक गुरुङ – ह्रोसै ङ्हो (गुरुङ चलचित्र) ३. प्रितम गुरुङ – रिपा (गुरुङ्ग चलचित्र) चलचित्र अभिनेता १. बिरबल घले – ह्रोसै ङ्हो (गुरुङ चलचित्र) २.रुद्र पाहिम – सेमेवा (लिम्बु चलचित्र) ३.आनन्द गुरुङ – रिपा (गुरुङ चलचित्र) ४. निराजन बम ठकुरी – सिगरेट (नेपाली चलचित्र) चलचित्र अभिनेत्री १. सिमा गुरुङ – रिपा (गुरुङ चलचित्र) २. सन्तोषी गुरुङ – रिपा (गुरुङ चलचित्र) ३. सरिता भारती – सिगरेट (नेपाली चलचित्र) ४. आकृति गुरुङ – ह्रोसै ङ्हो (गुरुङ चलचित्र) ५. पविता थेवे लिम्बु – सेमेवा (लिम्बु चलचित्र) चलचित्र चरित्र अभिनेता १. तिर्थ मेदेम्बा लिम्बु – सुगुप (लिम्बु चलचित्र) २. साजन सुब्बा – लोजिमा (लिम्बु चलचित्र) ३. तिर्थ मेदेम्वा लिम्बु – चे (लिम्बु चलचित्र) ४. किरण बुढा क्षेत्री – सिगरेट (नेपाली चलचित्र) ५. धिरज खड्का – सिगरेट (नेपाली चलचित्र) चलचित्र/टेली चलचित्र चरित्र अभिनेत्री १.रश्मी पाण्डे – सक्कीगोनी २. एन्जिला नेम्वाङ्ग – सेमेवा (लिम्बु चलचित्र) ३. कविता आले – कबड्डी ४ ४. भावना केसी – सिगरेट ५. झरना साउद – सिगरेट लोक दोहोरी गीत गीतकार १. ओम रोका मगर – मुटु फुट्ने बचन २. ओम छिनाल – दमौलीमा झर है कान्छु ३. विवेक धिताल – सुन्दर बजार कटेसी कुन्छा लोक दोहोरी गीत गायक १. मौसम गुरुङ – दमौलीमा झर है कान्छु २. दिपेन थापा – सुन होकी फलाम ३. सिद्धार्थ आले – जुगै जाने माया ४. कुशल विश्वकर्मा – मुटु फुट्ने बचन ५. सन्तोष पन्थी – जुना भुल्यौकी लोक दोहोरी गीत गायिका १. सम्झना भण्डारी – धुरु धुरु २. जालुमाया गरुङ – लैजान्छु युके लन्डनमा ३. कालिका रोका – देउरालीमा फुलपाती धजा छ ४. पुजा परियार – पुरानो दौँतारी ५. रोजिना रोक मगर – आथु आथु पोल्यो लोकदोहोरी गीत नव गायिका १. इना बेलबासे – अभागी तक्दिर २. बिमा सरु मगर – गण्डकीको तिर ३. बिमला सुनार – चट्टै मायालुलाई ४. मधु थापा – झिलिमिली जुनतारा लोक दोहोरी गीत भिडियो महिला मोडल १. शशीकला राई – नौलो चिनजानी २. रिना गुरुङ – दमौलीमा झर है कान्छु ३. कमला बिसी – समय लोक दोहोरी गीत म्युजिक भिडियो पुरुष मोडल १. प्रज्वल गुरुङ – छोड्ने हौकी २. तेज गिरी – लभ प¥या छ ३. प्रवण भुसाल – जिस्केर मस्केर ४. आनन्द गुरुङ – हङकङ सिंगापुरको ५. लोमश शर्मा – गोर्खे खुकुरी कौडा तथा मौलिक गीत गायक १. मनसुधन थापा – देउरालीमा फुलपाति धजा छ २. पृथ्वी गुरुङ – फुलको बास्ना ३. तुलमान गुरुङ – दियर हातैमा फुलको थुंगा ४. मौसम गुरुङ – कान्छी… ५. शुक्र गुरुङ – सान कान्छी संगीत संयोजन १. सुनिल परियार – पुरानो दौतारी २. राजेन्द्र बजगाई – यो दिलको पाइलट तिमी ३. सुरथ प्रधान – मायाको सिमाना ४. डिका गुरुङ – ओ माया भाषाभाषी गीत म्युजिक भिडियो मोडल १. नुमा ब्लोन तामाङ – धोसिला जुनेरी (तामाङ्ग गीत) २. कला राई – हासिराख ए सानु (कौडा गीत) ३. मिरा फियाक – मिम्जिरे मिक्तोक पालामा (लिम्बु गीत) ४.आँचल गुरुङ– ओ माया ५. दिएर हातैमा – रिना गुरु भाषाभाषी गीत (लिम्बु गीत) गीतकार १. सुजन सेरेङ चोङवाङ – त्रिशाली मेला २. सञ्च माया लिम्बु – मेन्छयायेम पालाम ३. आईत हाङ लिम्बु – आदाङ्बासे यालाख्से पेगिरो भाषाभाषी गीत (लिम्बु गीत) गायक १. बिवश नेम्वाङ – मिम्जिरे मिक्तोक पालाम २. अमर योङहाङ लिम्बु – मिम्जिरे ताराङ २ पालामा ३. सञ्चमान लिम्बु – छुया माहा भाषाभाषी (लिम्बु गीत) गायिका १. कर्मिला शेर्मा – तुखेसो पान्हा पालाम २. दुर्गा कुमारी लिम्बु – चौबेसमा मेन्छिन ३. पदम कुमारी फियाक – ताम्के हाक्पारे ४. गंगा लिम्बु – मांघा वासाङ ५. निरन्ता नेम्वाङ – मिम्जिरे मिक्टोक पालाम भाषाभाषी (लिम्बु गीत) मोडल (पुरुष) १. पूर्णबहादुर लिम्बु – मिम्जिरे मिक्तोम पालाम २. महेन्द्र कुमार लिम्बु – मेन्छ्यायेम पालाम ३. सुरेन शिशिर केरुङ – नारागेन चैत म्युजिक भिडियो चरित्र अभिनय १. बिमला इवाराम – हङकङ चाईना ३ २. राजु शंकर – मायाको सिमाना ३. टसी गुरुङ – ओ माया