Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

स्वर्गीय जनकप्रसाद हुमागाईंलाई बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान प्रदान गरिने

Tuesday, January 28, 2025 Devil Singh Rajput

काठमाडौं । बालसाहित्यकार जनकप्रसाद हुमागाईंलाई बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान प्रदान गरिने भएको छ । समालोचक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्यालको संयोजककत्वमा गठित समितिले उक्त सम्मान हुमागाईंलाई मरणोपरान्त प्रदान गर्ने निर्णय गरेको हो ।

शैली थिएटरले २०८० मा स्थापना गरेकोे यो सम्मान यस वर्ष बालसाहित्यकार हुमागाईंलाई मरणोपरान्त प्रदान गर्न लागिएको थिएटरका अध्यक्ष रङ्गकर्मी तथा निर्देशक नवराज बुढाथोकीले बताए ।

उहाँका बाल कृतिहरूमा ‘बाआमाको माया’, ‘गुनिला पाँच बालकथा’, ‘गोकुलकी आमा कसरी निको भइन् ?’, ‘मालतीको यात्रा वर्णन’, ‘भाइबहिनीका कथा’, ‘नेपाली बालसाहित्य’, ‘चम्पा र मायालु काका’, ‘लहरे पिपलको कथा’, ‘नानी पढ्छ’, ‘दिदीभाइको माया’ आदि प्रकाशित छन् ।

सम्मान शैली थिएटरले आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय बालनाटक महोत्सव एवम लघु बालचलचित्र प्रदर्शनीको उद्घाटनको अवसर पारेर फागुन १ गते बिहीबार प्रदान गरिने महोत्सवका कार्यक्रम प्रमुख किशोर अनुरागले बताए ।