Sunday 20th October 2024

    सुनको भाउ हालसम्मकै उच्च विन्दुमा    हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु    मारवाडीका अगाडी मन्त्री पाण्डे किन लम्पसार परे ?    यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन    चलचित्रकर्मीले लगाए यादव खरेलको हातबाट दसैँको टीका

भुवन प्यासी र मेलिना राईको ‘इङ्गेज्मेन्ट’

Wednesday, August 21, 2024 National Power

चितवन – गायक भुवन प्यासी आफ्नै गृहजिल्ला चितवनमा रहेर गीतसंगीतमा निरन्तरता दिने क्रममा आज बुधवार दियालो फुड ल्याण्ड, भरतपुरमा नयाँ गीत ‘इङ्गेज्मेन्ट’को म्युजिक भिडियोको छायाँकन सम्पन्न गरेका छन् ।

भुवन प्यासी र मेलिना राईको स्वर रहेको ‘इङ्गेज्मेन्ट’ बोलको रोमान्टिक गीतको भिडियोमा देव महतो, मिस पवि लगायतले अभिनय गरेका छन् भने क्यामरा रविन्द्र बराल, निर्देशन सिर्जन बरालको रहेको छ ।

स्टेज कार्यक्रममा अत्यधिक रुचाईने गायकको पहिचान बनाएका भुवन प्यासी युरोपका अधिकाँश मुलुकमा सांगीतिक भ्रमण गरिसकेका छन् केही दिनमा अमेरिका जाँदैछन् ।

भुवनको दर्जनौं गीतहरुमा लेहेङ्गा हार, माइली, यो देशको लागि, मखमली, हल्का हल्का चुम्न देऊ न काली, ट्राफिक जाम, झम्के झम्के, हे बरै अलिबडी चर्चामा रहेका सांगीतिक कोसेली हुन् ।