Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

दिनेशको निर्देशन रहेको घुम्न जाउँ धरान शहर गीतको भिडियो सार्वजनिक

Saturday, August 10, 2024 National Power

काठमाण्डौ – चर्चित म्युजिक भिडियो निर्देशक दिनेश माङ्गमु द्धारा निर्देशित घुम्न जाउँ धरान शहर बोलको गीत सार्वजनिक भएको छ । माया ईन्टरटेन्मेन्ट युटुव च्यानलबाट प्रसारण भएको उक्त भिडियो ६ मिनेट सात सेकेण्ड रहेको छ । माया तामाङ्गको प्रस्तुति रहेको भिडियोका निर्देशक दिनेश माङ्गमुले गरेका हुन ।

राजह्याङ्ग आङ्गबोको शब्द रहेको यस गीतमा दिप्सन लिम्वूको संगीत र स्वर रहेको छ भने स्वरमा लिम्वूलाई मेलिना मैनालीले साथ दिएकी छिन । दिनेश पराजुलीको छायांकन रहेको यस गीतको एरेञ्ज विश्व अधिकारीले गरेका हुन भने सम्पादन अनिल रानाले गरेका हुन । पोष्ट प्रोडक्सनको काम भने निर्देशकको आफ्नै पोस्ट प्रोडक्सन माङ्गमु फिल्मसले गरेको हो यस भिडियोदबाट भने उनले तामाङ्ग जातीको भाषा, भेषभुषा र संस्कृती देखाउन खोजेका छन । प्रेम कथामा आधरित म्युजिक भिडियोमा नग्मा श्रेष्ठ, यम लिम्बू र प्रकाश लिम्बू फिचर भएका छन ।

भिडियोमा बाबु–आमाको ईच्छा विपरित प्रेमीका आफ्नो प्रेमीसँग भाग्छिन र भाग्दा भाग्दै यसको ईन्डिङ्ग सस्पेन्स रहेको छ ।जुन सस्पेन्स थाहा पाउनका लागी भिडियो नै हेर्नु पर्ने हुन्छ । गीतको मर्म अनुसार कथा निर्माण र कथालाई जिवित बनाउने निर्देशकका रुपमा परिचित निर्देशक माङ्गमुले यस भिडियोलाई पनि कलात्मक रुपमा प्रस्तुत गरेका छन । उनको निर्देशकीय क्षमता र अनुभव यस भिडियोबाट प्रष्टै झल्किन्छ । निर्देशक माङ्गमले तिन दर्जन भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेर आफूलाई अव्वल दर्जाको म्युजिक भिडयो निर्देशकका रुपमा स्थापित गरिसकेका छन