Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सातौं संस्करणको एलजी सिने सर्कल अवार्डको तयारी पुरा, रोक्का र खड्कालाई दीर्घसाधना सम्मान

Wednesday, May 29, 2024 National Power

काठमाडौं– नेपाली चलचित्र क्षेत्रमा नियमित रुपमा आयोजना हुँदै आएको ‘एलजी सिने सर्कल अवार्ड–२०८०’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था सिनेमा सर्कल नेपालले जनाएको छ । आयोजक संस्थाले पर्दा पछाडि रहेर कार्य गर्ने प्राविधिकको सम्मानमा विगत सात वर्षदेखि यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ । समारोहमा उत्कृष्ट पोस्टर, ट्रेलर, भीएफएक्स, स्टन्टआदि विधासहित विभिन्न २३ विधामा अवार्ड वितरण गरिँदैछ ।

सातौं संस्करणको एलजी सिने सर्कल अवार्ड–२०८० यही शुक्रवार दिउँसो काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा प्रदान गरिँदैछ । यो वर्षको अवार्डमा २०८० मा प्रदर्शन भएका उत्कृष्ट फिल्म तथा फिल्मकर्मीहरुलाई पुरस्कृत गरिने छ ।

शुक्रवार दिउँसो ठिक ३ बजेदेखि प्रारम्भ हुने अवार्ड समारोहको प्रारम्भमा नेपाली सेनाको ब्याण्डले नेपाली राष्ट्रिय धुनको प्रस्तुति दिएपछि केही पुरानादेखि नयाँ नेपाली फिल्मका केही लोकप्रिय गीतहरुको धुन प्रस्तुत गर्नेछ । सेनाको ब्याण्डलाई दिनेश सुनामले संयोजन गर्नेछन् ।

आयोजक संस्था सिनेमा सर्कल नेपालका संरक्षक तथा चौधरी ग्रुपका प्रवन्ध निर्देशक उद्योगपति वरुण चौधरीबाट स्वागत मन्तव्य व्यक्त गरिएसंगै अवार्ड समारोहको विधिवत थालनी हुनेछ । पहिलो चरणमा चार वटा विधामा अवार्डहरु प्रदान गरिएपछि एउटा विशेष कार्यक्रम आयोजना गरिने छ । यो प्रस्तुतिमा पछिल्लो एक वर्षको अवधिमा नेपाली कलाकारिता क्षेत्रले गुमाएका कलाकर्मीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिने छ । त्यसक्रममा एउटा भिडियो सामग्रीसमेत प्रदर्शन गरिने छ ।

उक्त प्रस्तुतपछि लोकप्रिय गायिका देविका बन्दनाले स्टेजमा प्रस्तुत भएर आफ्नो कालजयी गीतहरु प्रस्तुत गर्नेछिन् । त्यसक्रममा उनले मास्टर साहेब सिकाइदेउ पिरती, यस्तै रहेछ यहाँको चलन, लाईदेउ लाउदेउ माया लाइदेउ आदि गीतहरु प्रस्तुत गर्नेछिन् । त्यसपछि केही विधामा अवार्ड प्रदान गरिएपछि समारोहको सबैभन्दा महत्वपूर्ण क्षण अर्थात लाइभफाइट अचिभ्मेन्ट अवार्ड (दीर्घ साधना सम्मान) दुई वरिष्ठ फिल्मकर्मीलाई अर्पण गरिने छ ।

त्यसपछि गायक यम बरालले निष्ठुरीले छाडेर गईहाली, बालदुलको घुम्टोले‘सहितका लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् । कार्यक्रमको उत्तरार्धमा थप विधाका अवार्ड प्रदान गरेपछि कार्यक्रमका निर्देशक तथा आयोजक संस्थाका प्रमुख दिनेश डिसीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको बिट मार्नेछन् ।

रोक्का र खड्कालाई दीर्घ साधना सम्मान प्रदान गरिने

नेपाली फिल्म क्षेत्रमा पर्दा पछाडि बसेर काम गर्ने फिल्मकर्मीहरुलाई पुरस्कृत तथा सम्मान गर्ने एक मात्र अवार्डको रुपमा परिचित सिने सर्कल अवार्डको यो वर्षको संस्करणमा वरिष्ठ मेकअपम्यान अशोक रोक्का तथा दृष्य सम्पादक नरेन्द्र खड्कालाई ‘दीर्घ साधना सम्मान’ द्वारा सम्मानित गरिँदैछ ।

लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय रोक्का तथा खड्कालाई जनही ५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्रसहित लाइफटाइम अचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरिने आयोजक संस्थाका प्रमुख दिनेश डिसीले कलाकर्मीलाई जानकारी दिएका छन् ।

मेकअपम्यान रोक्काले एक सय वटा भन्दा बढी नेपाली फिल्ममा मेकअपम्यानको रुपमा कार्य गरेका छन् । उृनले ज्वाला, ठूल्दाई, आफ्नो मान्छे, अल्लारे, चाँदनी, अर्जुन, दोबाटो, नेपाल प्यारो छ, १६ वर्षे जोवन, आघात, करण अर्जुन, धर्मात्मा, ईश्वर, आदिकवि भानुभक्त, नासो, मायाजवार, आन्दोलन, क्लासिक, काउसो, नाई नभन्नु ल, सौभाग्य, माया गर ल, चिनो, निर्भय, कर्णवीर आदि फिल्ममा मेकअप म्यानको रुपमा काम गरेका छन् ।

त्यस्तै कलेज अफ फिल्म स्टडीजको संस्थापक प्रिन्सिपलको रुपमा काम गरेका फिल्म एडिटर खड्काले शान्तिदीप, सारंगी, मोहनी, चट्याङ, राजमति, छोरा–बुहारी, भानुभक्त, वसन्ती, चमेली, घरसंसार जस्ता दर्जनौं फिल्ममा सम्पादकको रुपमा काम गरिसकेका छन् ।

यो अवार्डका अघिल्ला संस्करणहरुमा कला निर्देशक जुंगे भट्टराई, द्वन्द निर्देशक एनबी महर्जन, निर्देशक किशोर राना, मेकअप म्यान सन्तु तामाङ, भान्से जेठा दाईलाई लाइफटाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ ।