Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

भुवन चैत्य बसुन्धरा पुरस्कारको घोषणा

Wednesday, July 19, 2023 National Power

काठमाडौं –  २०७८ र २०७९ सालका लागि भुवन चैत्य बसुन्धरा पुरस्कारको घोषणा भएको छ । नेपाली फिल्मका तीन वरिष्ठ अभिनेत्रीहरुको नामबाट स्थापित यो पुरस्कारको घोषणा मंगलबार विज्ञप्तिमार्फत गरिएको हो । जसअनुसार २०७८ सालको हरिश–भुवन चन्द पुरस्कार निर्देशक यादव खरेल र २०७९ सालको हरिश–भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान गरिने भएको छ ।

संगीतकर्मी गणेश रसिकलाई २०७८ र अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । अभिनेत्री मिथिला शर्मालाई २०७८ र अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार प्रदान गर्ने घोषणा भएको छ । २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला संस्कृति, रंगमञ्च, संगीत क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

पुरस्कारको राशी जनही ५१ हजार रुपैयाँ छ । पुरस्कारलाई साउन तेस्रो साता आयोजना गरिने समारोहमा प्रदान गरिने भुवन चैत्य बसुन्धरा फाउण्डेसनका महासचिव तथा कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाएका छन् ।