Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

भुवन चैत्य बसुन्धरा पुरस्कारको घोषणा

Wednesday, July 19, 2023 National Power

काठमाडौं –  २०७८ र २०७९ सालका लागि भुवन चैत्य बसुन्धरा पुरस्कारको घोषणा भएको छ । नेपाली फिल्मका तीन वरिष्ठ अभिनेत्रीहरुको नामबाट स्थापित यो पुरस्कारको घोषणा मंगलबार विज्ञप्तिमार्फत गरिएको हो । जसअनुसार २०७८ सालको हरिश–भुवन चन्द पुरस्कार निर्देशक यादव खरेल र २०७९ सालको हरिश–भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान गरिने भएको छ ।

संगीतकर्मी गणेश रसिकलाई २०७८ र अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । अभिनेत्री मिथिला शर्मालाई २०७८ र अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार प्रदान गर्ने घोषणा भएको छ । २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला संस्कृति, रंगमञ्च, संगीत क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

पुरस्कारको राशी जनही ५१ हजार रुपैयाँ छ । पुरस्कारलाई साउन तेस्रो साता आयोजना गरिने समारोहमा प्रदान गरिने भुवन चैत्य बसुन्धरा फाउण्डेसनका महासचिव तथा कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाएका छन् ।