Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

युवा प्रतिभा अनिस घिमिरेद्वारा अंग्रेजी भाषामा लिखित दोस्रो उपन्यास द स्टारडस्ट ईन अस लोकार्पण

Saturday, June 24, 2023 Devil Singh Rajput

काठमाडौं । भर्खर किशोरावस्था पार गरि युवावस्थामा प्रवेश गरेका युवा प्रतिभा अनिस घिमिरेद्वारा अंग्रेजी भाषामा लिखित दोस्रो उपन्यास द स्टारडस्ट ईन अस लोकार्पण गरिएको छ । माईती घर स्थित सेण्ट जेभियर कलेजको सभा हलमा आयोजित एक औपचारिक कार्यक्रम माझ प्रोफेसर डा. अभि सुवेदी, प्रोफेसर ईन्द्र कार्की, प्रोफेसर राजन प्रसाद पोखरेल र सेण्ट जेभियर कलेजका प्रिन्सिपल फादर डा. अगस्टिन थोमसले उक्त कृतिको विमोचन गर्नुभएको हो ।

प्रोफेसर डा. अभि सुवेदीले स्टार डस्ट युवाको काल्पनिक शक्तीको उपज भएको बताउनुहुँदै बिषय वस्तु, पात्रहरुमार्फतको कहनी आदीले लेखक अनिस सन्तुलनमा रहेर उत्कृष्ट कृति पस्कन सफल रहेको उल्लेख गर्नुभयो । साथै उहाँले पढदै जाँदा अनिसको कौतुहलपुर्ण र सिर्जनसिल लेखनीले आफु बाधिएको र नेपालमा प्रकाशित हुँदै आएका अन्य उपन्यासको दाँजोमा अनिसको कृति अब्बल भएको आफुले पाएको बताउनुभयो ।

सो अवसरमा कृतिकार अनिस घिमिरेले जीवनको अर्थ पहिल्याउन दुई सजिव पात्र मार्फत पृथ्वीलाई मात्र हेर्ने परम्परा भन्दा फरक अर्थात तारा समेतलाई दृष्‍टिगोचर गरेर आफुले दोस्रो कृति रचना गरेको जनाउनुभयो । साथै उपन्यासकार घिमिरेले कलेज, अभिभावक र अन्य धेरैको सहयोगले आफु यस स्थानसम्म आई पुगेको स्मरणका साथ सबै प्रति आभार व्यक्त गर्नुहुँदै आफनो उपन्यास पनि समाजकै उपज भएको उल्लेख गर्नुभयो ।

प्रोफेसर राजन प्रसाद पोखरेलले लेखक अनिस घिमिरे आफनो सबैभन्दा मन पर्ने लेखक भएको बताउनुहुँदै घिमिरेको लेखनी विश्व स्तरको रहेको र आफुले समेत त्यति सशक्त शैलीमा लेख्न नसक्ने उल्लेख गर्नुभयो ।

सेण्ट जेभियर कलेजका प्रिन्सिपल फादर डा। अगस्टिन थोमसले आफुले अनिसलाई विद्यार्थीका रुपमा अभुतपूर्व रहेको पाएको र कलेजले पहिले पनि सम्मान गरिसकेको बताउनुहुँदै उनको यो कृतिले शिक्षासेवी सबैलाई प्रेरणा दिने बताउनुभयो।

कार्यक्रममा युवाहरुको प्रतिनिधित्व गर्दै सिवानी बज्राचार्य र अनुस्का घिमिरेले लेखक र कृतिको बिषयमा बोल्नुभएको थियो ।

लोकार्पण कार्यक्रममा अनिसका आफन्तजन, सहपाठी, साहित्यप्रेमी लगायतको बाक्लो उपस्थिती रहेको थियो । सो अवसरमा सेण्ट जेभियरमा अध्ययनरत विद्यार्थी एवम् युवा श्रस्टाहरुले गायन तथा कवितामार्फत मनोरंजन दिलाएका थिए । २७१ पृष्‍ठको उक्त उपन्यासको प्रकाशन इन्डिगो इन्कले गरेको हो । उपन्यासको भाषा शैली र कथावस्तुमा मिठासपन रहेसँगै कृति उत्कृष्ट रहेको र युवाहरुसँगै अन्य उमेर समुहका लागि पनि पठनिय रहेको प्रकाशकको दाबी छ ।