Friday 27th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

एक चिम्टी सिन्दुर लाएर रुन्छन् भन्दै आईन पोख्रेल (भिडियो सहित)

Friday, June 2, 2023 National Power

काठमाण्डौ – म्युजिक खबरकी सम्पादक तथा गीतकार सबिता पोख्रेलको एक चिम्टी सिन्दुर सार्वजनिक भएको छ । चर्चित गायिका अन्जु पन्तको स्वर रहेको उक्त गीतमा अहिलेका सक्रिय संगीतकार सरोज कोइरालाले संगीत भरेका छन् । गीतमा माया प्रेम मिलन विछोडका कुराहरुलाइ समेटिएको छ भने विवाहित पुरुषले पनि बाह्य सम्बन्धहरु बनाउदै हिड्ने र आफ्नै श्रीमतीलाइ धोकाको भुमरीमा राख्ने गरेका कुराहरुलाइ गीतकार पोख्रेलले निकै मार्मिक ढङ्गबाट उठान गरेकी छन् ।

समय सान्दर्भिक शब्दहरु बेलाबेलामा श्रोताहरुमाझ पस्कदै आएकी गीतकार पोख्रेलका यस अघि पनि लोक, आधुनीक तथा पर्वका गीतहरु नेपाली सांगितीक बजारमा आईरएका रहेका छन् । एक चिम्टी सिन्दुको भिडियोमा चर्चित मोडल सागर लम्साल (बले), अञ्जली अधिकारी र समिक्षा क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

म्युजिक खबरको युटुव च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा नविन उप्रेतीको सम्पादन तथा नवराज उप्रेतीको छायाँकन रहेको छ भने प्रकाश भट्टको निर्देशन रहेको छ ।