Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

गायक हरी कर्माचार्य अमेरिकामा पिरतीको तालमा गीतलाई नेपालमा अवार्ड

Monday, March 13, 2023 National Power

काभ्रेपलान्चोक – निकै चर्चित गायक हरि कुमार कर्माचार्यले पिरतिको तालमा बोलको गित बाट दशकको सर्वउत्कृष्ट अवार्ड हात पार्न सफल हुनु भएको छ । हाल उहाँ अमेरिकामा बसोबास गर्दै आउनु भएको छ । यता नेपालमा उहाँको गितले दशकको सर्वउत्कृष्ट भई अवार्ड प्राप्त गरेको छ ।

“नेपाली हुनमा गर्व गरौं भाषा र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ विगत ६ वर्ष देखि आयोजना हुदै आएको राष्ट्रिय समावेशी म्युजिक अवार्ड निम अवार्ड २०२३ मा पिरतिको तालमा बोलको गितले अवार्ड हात परेको हो । उक्त कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको प्रमुख आतिथ्यता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री शुशीला श्रीपाली ठकुरीको विशिष्ठ आतिथ्यता तथा नेपाली कला संस्कृति तथा विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरुको सहभागितामा सम्पन्न भएको थियो ।

आखिर को हुन त गायक हरि कुमार कर्माचार्य

२०३२ सालमा जन्मनुभएको चर्चित गायक हरि कर्माचार्य आजभोली निकै व्यस्त हुनुहुन्छ । गित संगितको यात्रामा अमेरिका गई केहि दिन अगाडि मात्रै नेपाल आउनुभएको छ । गित संगितकै कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हरि कर्माचार्य सुपरिचित नाम हो । संगितककै शिलसिलामा थाइल्याड, हङकङ, कतार, भारत लगायत विभिन्न देशहरुमा गएर आफ्नो बोजोड प्रस्तुती दिइरहनु भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उहाँको माग दिनानुदिन बढदै गइरहेको छ । मेला महोत्सव, रियालिटी सो मा उहाँको माग निकै रहेको देख्न सकिन्छ । जुनसुकै कार्यक्रमा होस दर्शकहरु तान्नका लागि गायक हरि कर्माचार्यको प्रस्तुती आवश्यक रहेको धेरै आयोजकहरुले बताउने गरेका छन् । गायक हरि कर्माचार्य गित गाउने मात्र हैन गित लेख्ने, संगित भर्ने काममा पनि उत्तिकै उत्कृष्ट देखिनुहुन्छ । उहाँले रचना गर्नुभएका गितहरु सर्वाेधिक रुचाइएका छन् । सानै उमेरदेखि नै गित संगितमा रुचि राख्ने कर्माचार्य २०४६ सालदेखि औपचारिक रुपमा संगितको शिक्षा लिएर नेपाली गित संगितको क्षेत्रमा पाईला अगाडि बढाउनु भयो ।

२०५० सालमा काभ्रेपलाञ्चोक जिल्लाकै पहिलो गिती एल्बम “हृदय भरी” बजारमा सार्वजनिक गर्नु भएको थियो । कर्माचार्यले सार्वजनिक गर्नुभएको उक्त एल्बम काभ्रे जिल्ला कै पहिलो गिती एल्बम रहेको छ । २०५४ सालमा ग्लुमी गाईज सँग आवद्ध भई कर्माचार्यको नै रचना संगित र स्वर रहेको आकाशैमा चिल उड्यो फनन बोलको गित बजारमा ल्याउनु भएको थियो । उक्त गित सार्वजनिक भएको दिनदेखि हालसम्म पनि देश तथा विदेशमा उत्तिकै रुचाएको पाइन्छ । अझै हेर्ने हो भने पछिलो समय आएको नयाँ एप टिकटकमा उक्त गित सर्वाेधिक रुचाएको छ । जसमा अन्य चर्चित कलाकार देखि लिएर स–साना बालबालिकाहरु समेतले गितको बोलमा अभिनय गरेको देख्न पाइन्छ । त्यसपछि उहाँकै आवाजमा बजारमा आएको “हेर्न देऊ तिम्रो मुहार” बोलको वियोगान्त गित पनि उत्तिकै रुचाएको छ भने टाटा गाडीमा, दार्जिलिङको रेल, हल्ला मच्चियो, ज्यानमारा जोवन, टाटा वाइवाई, आउने भए आउ माया र ओठको मुस्कान लगायतका सयौ लोकप्रिय गित वजारमा देख्न सकिन्छ । उहाँले आजभन्दा १५ वर्ष अगाडि गाउनु भएको पिरतीको तालमा र मायाको डोरीले बोलको गित आजसम्म पनि सर्वाधिक रुचाइएको छ । Hari kumar Karmacharya