Friday 17th May 2024

    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै    समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ    ६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता

एउटा सफल गायकले आफ्नो आचरण सधै स्वच्छ र शुद्ध राख्नु पर्छ :लोकप्रिय गायक हरि कर्माचार्य

Wednesday, January 18, 2023 National Power

 

काभ्रेपलान्चोक – २०३२ सालमा जन्मनुभएको चर्चित गायक हरि कर्माचार्य आजभोली निकै व्यस्त हुनुहुन्छ । गित संगितको यात्रामा अमेरिका गई केहि दिन अगाडि मात्रै नेपाल आउनुभएको छ । गित संगितकै कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हरि कर्माचार्य सुपरिचित नाम हो । संगितककै शिलसिलामा थाइल्याड, हङकङ, कतार, भारत लगायत विभिन्न देशहरुमा गएर आफ्नो बोजोड प्रस्तुती दिइरहनु भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उहाँको माग दिनानुदिन बढदै गइरहेको छ । मेला महोत्सव, रियालिटी सो मा उहाँको माग निकै रहेको देख्न सकिन्छ । जुनसुकै कार्यक्रमा होस दर्शकहरु तान्नका लागि गायक हरि कर्माचार्यको प्रस्तुती आवश्यक रहेको धेरै आयोजकहरुले बताउने गरेका छन् । गायक हरि कर्माचार्य गित गाउने मात्र हैन गित लेख्ने, संगित भर्ने काममा पनि उत्तिकै उत्कृष्ट देखिनुहुन्छ । उहाँले रचना गर्नुभएका गितहरु सर्वाेधिक रुचाइएका छन् । सानै उमेरदेखि नै गित संगितमा रुचि राख्ने कर्माचार्य २०४६ सालदेखि औपचारिक रुपमा संगितको शिक्षा लिएर नेपाली गित संगितको क्षेत्रमा पाईला अगाडि बढाउनु भयो ।

२०५० सालमा काभ्रेपलाञ्चोक जिल्लाकै पहिलो गिती एल्बम “हृदय भरी” बजारमा सार्वजनिक गर्नु भएको थियो । कर्माचार्यले सार्वजनिक गर्नुभएको उक्त एल्बम काभ्रे जिल्ला कै पहिलो गिती एल्बम रहेको छ । २०५४ सालमा ग्लुमी गाईज सँग आवद्ध भई कर्माचार्यको नै रचना संगित र स्वर रहेको आकाशैमा चिल उड्यो फनन बोलको गित बजारमा ल्याउनु भएको थियो । उक्त गित सार्वजनिक भएको दिनदेखि हालसम्म पनि देश तथा विदेशमा उत्तिकै रुचाएको पाइन्छ । अझै हेर्ने हो भने पछिलो समय आएको नयाँ एप टिकटकमा उक्त गित सर्वाेधिक रुचाएको छ । जसमा अन्य चर्चित कलाकार देखि लिएर स–साना बालबालिकाहरु समेतले गितको बोलमा अभिनय गरेको देख्न पाइन्छ । त्यसपछि उहाँकै आवाजमा बजारमा आएको “हेर्न देऊ तिम्रो मुहार” बोलको वियोगान्त गित पनि उत्तिकै रुचाएको छ भने टाटा गाडीमा, दार्जिलिङको रेल, हल्ला मच्चियो, ज्यानमारा जोवन, टाटा वाइवाई, आउने भए आउ माया र ओठको मुस्कान लगायतका सयौ लोकप्रिय गित वजारमा देख्न सकिन्छ । उहाँले आजभन्दा १५ वर्ष अगाडि गाउनु भएको पिरतीको तालमा र मायाको डोरीले बोलको गित आजसम्म पनि सर्वाधिक रुचाइएको छ । प्रस्तु्त छ नव क्षितिज साप्ताहिकको लागि अरविन्द्र गौतमले चर्चित गायक हरि कर्माचार्यसँग गरिएको समसामायिक कुराकानी

 

० कसरी चल्दै छ दिनचर्या ?
भर्खरै अमेरिका भ्रमण सकेर नेपाल फर्किएको छु । विगतमा बाँकी रहेका मेरा सिर्जनाहरुलाई बजारमा ल्याउने तयारी गर्दै छु । भर्खरै कोभिड पनि सकियो । कोभिडको समयमा गर्न नपाएका गितहरु लाई आजभोली रेकर्ड गदैछु । यिनै गितहरु बजारमा ल्याउने तयारमा जुटिरहेको छु ।

० एउटा गायक / सर्जक / कलाकारको बुझाइमा गीत संगीत के हो ?
जिन्दगीका भोगाइ, उतारचढाव, अन्तरआत्माको भावनालाई व्यक्त गर्न सबैभन्दा सुन्दर माध्यम नै गित संगित हो । समुदाय, समाज र राष्ट्रलाई परिचित गराउने र परिवर्तनको दिशा तर्फ लैजाने एउटा सशक्त माध्यम गित संगित हो ।

 

० संगीतमा लागेर के पाउनुभयो ?
सबैभन्दा ठुलो कुरो आत्मा सन्तुष्टि हो । धन अलि कम कमाइयो होला तर खुसी धेरै कमाएको छु । व्यक्तिगत रुपमा अनुहार धेरैले नचिनेका होलान् तर मेरो गित, मेरो स्वर देश तथा विदेशमा सुपरिचित भएको देख्न पाउँदा जुन आनन्द प्राप्त गर्दछु । सायद त्यसलाई स्वर्गिय आनन्द भनिन्छ होला । यो सबै मैले गित संगितमा लागेर नै प्राप्त गरेको हुँ ।

० तपाईंले नेपाली गित संगितको अवस्था कस्तो पाउनु भएको छ ?
नेपाली गित संगितलाई सुगम र उच्च राख्न सर्जकहरुको तर्फबाट धेरै राम्रो कामहरु भएका छन् । दर्शक तथा श्रोताहरुले पनि वाहिरी विश्व संगितलाई लत्याउदै नेपाली गित संगितलाई धेरै नै माया गरेको पाएको छु । तर राष्ट्रको तर्फबाट भने गित संगितको उत्थान तथा जर्गनाको लागि कुनै पहल योजनाहरु ल्याएको पाएको छैन । जुन नेपाली नेपाली गित संगितको लागि दुःखद कुरो हो ।

 

० गायक वा गायिकाले मेला–महोत्सवबाट हजारौं रुपैयाँ लिन्छन् तर गीतकार र संगीतकारसम्म त्यसको रोयल्टी किन पुग्दैन ?
यही त दुःख लाग्दो कुरा छ । म आफैं गीतकार पनि भएकाले मलाई थाहा छ, एउटा शब्दको महत्त्व कति हुन्छ। गीतको मूल्य कति हुनुपर्छ। शब्द राम्रो नभए गीत राम्रो हुँदै हुँदैन । गीतको जग भनेकै शब्द हो । ओजपूर्ण शब्दले प्रभावशाली संगीत निस्कन्छ । एउटा रचनाकार र संगितकारको दायित्व गित सिर्जना गर्न सम्म मात्रै हुन्छ भने गायकको दायित्व सिर्जना भएपछि पनि त्यसलाई निरन्तर प्रस्तुत गदै जानुपर्ने हुन्छ । राष्ट्रले रचनाकार र संगितकारको हकमा पनि केही नयाँ मापदण्डहरु लागु गर्न सके मेला महोत्सव, रियालिटी सो लगायतका क्षेत्रबाट आउने रोयल्टी गीतकार र संगीतकार सम्म पनि पुग्ने थियो ।

 

 

० एउटा सफल गायकले के–के कुरामा ध्यान दिनुपर्ने रहेछ ?
सर्वप्रथम दर्शक श्रोताको मन छुन सक्ने गित र संगित छनौट गर्न सक्नु पर्छ जसलाई आफ्नो स्वरको माध्यमले धेरैको भावना तरंगित हुने गरी गाउन सक्नु पर्छ । आफ्नो प्रशंसकहरु प्रति सधै इमान्दार रहनु पर्छ । एउटा सफल गायकले आफ्नो आचरण सधै स्वच्छ र शुद्ध राख्नु पर्छ ।

 

० संगीतको क्षेत्रमा पहिले र अहिलेको कुरा गर्दा कस्तो फरक पाउनुभएको छ ?
पहिलाका गितहरुमा माटोको सुगन्ध पाइन्थ्यो । जसका कारण ती गितहरु लामो समय सम्म उत्तिकै मिठास पूर्ण सुनिन्थ्यो र सदावहार हुन्थ्यो । अहिलेका गितहरु तुरुन्तै मन मस्तिष्कमा बस्ने खालका हुन्छन् । केही समयको लागि ती गितहरु चर्तित बन्दछन् तर कालान्तरमा ती गितहरु विस्तारै हराउँदै गइरहेका छन् । अहिलेका गितहरु टलक टल्कने ऐना जस्तै हुन भने पहिलेका गितहरु २४ क्यारेटका सुन जस्तै हुन ।

 

० अहिले युट्युब भ्युजकै आधारमा गीतको लोकप्रियता मापन गरिन्छ। यो कति न्यायोचित हो ?
हो सबै लाई थाहा भएकै कुरा हो । अरु विकल्पै पनि छैन। अरु थाहा पाउने ठाउँ पनि छैन । दर्शक र श्रोताको पहुँच युट्युब मै छ। तर धेरै भ्युजकै आधारमा कुनै गीत उत्कृष्ट भन्न मिल्दैन। भ्युजकै गित लोकप्रिय भयो भन्न मिल्दैन तर चर्चामा आयो भन्न चाहिँ मिल्छ तर यस्ता गितहरु सदावहार नहुन पनि सक्छन् । सदावहार गितहरु सबैको मन मस्तिष्क मुटुमा हुने गरेको छ जुन गित सार्वजनिक भएको २५, ३० वर्ष सम्म उतिकै सुनिने गरेको पाइन्छ ।

 

० पछिल्लो समय चर्चित पुराना गीतको ‘कभर’ गाउने चलन निकै बढेको छ। यसलाई कसरी हेर्नुभएको छ ?
यसमा फाइदा पनि छ र अर्को बेफाइदा पनि छ । एउटा फाइदा के छ भने नसुनिएका वा सुन्न छोडिएका गीत अहिलेका दर्शक र श्रोताले पनि सुन्न पाउनुहुन्छ। जसमा एक प्रकारको हुलाकीको काम गरेकोमा राम्रै मान्नुपर्छ। अर्को बेफाइदा हेर्न हो भने कभर गाउँदा त्यसको स्रष्टालाई दिनुपर्ने नाम, सम्मान, अधिकार, न्यायबारे विचार गर्नुपर्छ।

० वर्षौं पुराना गीत अहिले पनि उत्तिकै सुनिन्छन्, लोकप्रिय छन्। तर नयाँ गीत ती गीत बराबर सुनिन नसक्नुको कारण के होला ?
मेरै सिर्जनाको कुरा गर्दा ‘आकसैमा जिल उडयो फन्न् …’ आएको २५ वर्ष भयो। ‘ हेर्न देउ तिम्रो मुहार…’ बोलको गित आएको २१ वर्ष भयो । ‘ यसपाली त ज्यान जाला छोडदिन…’ बोलको गित आएको १५ वर्ष भयो । ‘ पिरतिको तालमा फुल फुल्यो कमला …’ आएको १५ वर्ष भयो। यी र यस्ता थुप्रै गीत आज पनि उत्तिकै सुनिन्छन् । यी गीतका बारेमा अहिल्यै आँकलन गर्ने बेला भइसकेको त छैन। अझै केही वर्ष पछि पनि उत्तिकै सुनियो भने यी पनि कालजयी गीतको सूचीमा पर्छन्।

 

० अन्तमा ?
मैले नेपाली गित संगितमा पाइला अगाडि बढाए देखि अहिलेसम्म ती मैले गायक गितहरु आज पनि उतिकै सुनिदिनु भएको छ । यसमा म धेरै खुशी छु । २५ वर्ष अगाडि गायक ती गितहरु अहिले पनि सामाजिक संजाल टिकटक देखि लिएर युटुबमा उतिकै लोक प्रिय बनाइदिनु भएकोमा सम्पुर्ण दर्शक श्रोताहरुमा धेरै धेरै धन्यवाद दिन चाहान्छु । आगामी दिनमा पनि नयाँ नयाँ गित संगित लिएर आउने नै छु आशा छ मलाई र मेरो गित संगितलाई उतिकै मन पाराइदिनु हुने छ भन्ने सोचेको छु । मेरो बारेमा चासो राखेर मलाई मेरो दर्शक श्रोता सँग फेरि पनि जोडिने मैका प्रदान गर्नु भएकोमा तपाई लागायत तपाईंको मिडिया लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । जय गित जय संगित