Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

सत्यमोहन जोशीको ‘अन्तिम इच्छा’तयार हुँदैछ 

Wednesday, July 20, 2022 National Power

काठमाडौं-शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम इच्छाको रूपमा रहेको चक्रसंवर को पौभाः चित्र बनाउन अहिले ६ जना चित्रकार दैनिक ७ घण्टासम्म लागिपरेका छन् ।

 चित्रकारहरूले लोक चित्रकारको नेतृत्वमा जोशीकै घरमा रहेको लोक साहित्य परिषद्को भवनमा उक्त चित्र बनाइरहेका छन् । उनीहरूले यो चित्र बनाउन सुरु गरेको करिब ५ महिना भइसक्यो । ६ महिना भित्र सक्ने भनिएको भए पनि काम सकिन अझै केही महिना लाग्ने यसमा संलग्न चित्रकारहरूले रातोपाटीलाई बताए ।

चित्रलाई अभ्यन्तर र बाहियन्तर दुई हिसाबले हेर्न सकिने यो चित्र बनाइरहेका चित्रकारहरूको दाबी छ । ‘बाहियन्तर भन्नाले मानिसको आँखाले देख्न सकिने कुरा हुन्। जस्तो– भगवान्‍मा कस्तो रङ्ग प्रयोग भएका छन्, के सामग्री बोकेका छन्, कस्ता बुट्टा कुँदेका छन्, प्रतीक के छ आदि। तर चित्रले बोक्ने कतिपय अर्थ शब्दले व्यक्त गर्न सकिन्न,’ चित्र बनाउन संलग्न रबिन महर्जनले रातोपाटीलाई भने ।

चक्रसंवर बौद्ध धर्म मान्नेहरूले तन्त्र विद्या अभ्यास गर्दा चाहिने चित्र हो। यसमा बज्रबाराही र सम्भरको संयोजन भएपछि एउटा चक्र पूरा हुन्छ जसलाई चक्रसंवर भनिन्छ ।