काठमाडौं महानगरपालिकामा पाँच ठाउँबाट मतगणना सुरु भएको छ । महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा गणना भइरहेको हो । महानगरमा ३२ वडा छन् । कुल ४४५३ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १५७५ मत, एमालेका केशव स्थापितले ९९५ मत र काँग्रेसकी सृजना सिंहले ८२२ मत ल्याएकी छिन्। राष्ट्रिय सभागृहमा मत गणना जारी छ। बालेनले अग्रता लिएसँगै उनका समर्थक बिहानै राष्ट्रिय सभागृहमा पुगी सकेका छन् ।