Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

Thursday, February 17, 2022 National Power

काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो । सरकारले बुधबार अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेपछि एमसीसी टेबल हुन सकेन ।

संसदमा एमसीसी टेबल नभएपछि बुधबार साँझ नै अमेरिकी राजदूतले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले अमेरिकी राजदूतसँग भेट भएको पुष्टि गरे ।