Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

अव रिलिज हुने यी हुन् ६ भारतीय फिल्म

Monday, January 31, 2022 National Power

काठमाडौं -कोरोनाको तेस्रो लहरका बीच भारतका फिल्म हल खुल्ने भएका छन् । हल खुल्ने भएपछि धेरै फिल्म फेब्रुअरी महिनामा रिलिजमा आउन लागेका छन् । जसमा अभिनेत्री आलिया भट्टको ‘गंगुबाई काठियावाडी’देखि राजकुमार राव र भूमि पेडनेकरको ‘बधाई दो’ सम्म रहेका छन् । यस्ता छन् फेब्रुअरीमा रिलिज हुन सक्ने फिल्म । ‘बधाइ दो’ : सुपरहिट फिल्म ‘बधाइ हो’ को सिक्वेलको रुपमा निर्माण भएको हो ‘बधाइ दो’ । हर्षवर्धन कुलकर्णी निर्देशित फिल्ममा राजकुमार राव, भूमि पेडनेकर र चुम दराङ जस्ता कलाकारको मुख्य भुमिका छ । फिल्मको रिलिज ११ फेब्रुअरीमा तय भएको छ ।

गंगुबाई काठियावाडी स् पटक पटक रिलिज मिति स्थगित हँुदै आएको फिल्म ‘गंगुबाई काठियावाडी’ फेब्रुअरी २५ मा रिलिज हुँदैछ । सञ्जय लीला भन्साली निर्देशित फिल्ममा आलिया भट्टको मुख्य भूमिका छ । भट्टले फिल्ममा वेश्यालय मालिक मेडम गंगुको भूमिका निर्वाह गरेकी छिन् । पत्रकार हुसैन जैदीले लेखेको पुस्तक माफिया क्वीन्स अफ मुम्बईमा आधारित रहेर फिल्म निर्माण गरिएको हो ।

शाबास मिठु स् तापसी पन्नु अभिनित फिल्म ‘शाबास मिठु हलमा रिलिज हुँदैछ । यो भारतीय महिला क्रिकेटर मिताली राजको जीवन र करियरमा आधारित फिल्म हो । ४ फेब्रुअरीमा रिलिज हुने यो फिल्ममा सृजित मुखर्जीको निर्देशन छ । राजले भारतीय महिला क्रिकेट टोलीको दुई विश्वकप – २००५ र २०१७ मा नेतृत्व गरेकी थिइन् । उनी २२ वर्षदेखि क्रिकेट खेलिरहेकी छिन् ।

खिलाडी स् तेलुगु स्टार रवि तेजाको फिल्म ‘खिलाडी’ मा दोहोरो भूमिका छ । फिल्म फेब्रुअरी ११ मा रिलिज हुनेछ । हे सिनामिका स् दुल्कर सलमान, अदिती राव हैदरी र काजल अग्रवाल अभिनित तमिल फिल्म ‘हे सिनामिका’ फेब्रुअरी २५ मा रिलिज हुँदैछ । भीमला नायक स् पवन कल्याण अभिनित तेलुगु फिल्म ‘भीमला नायक’ मा राणा दग्गुबतीको पनि अभिनय छ । फिल्म २५ फेब्रुअरीमा हलमा रिलिज हुँदैछ ।