Tuesday 1st July 2025

    चलचित्र विकास बोर्डको२५औं वार्षिकोत्सवको अवसरमा, रियल टाइम बक्स अफिस एप’को उद्घाटन    शंकर बिसि र जुना विश्वकर्माको तीजको भेट-‘साइली छोरी’ गीत सार्वजनिक    सुर्खेतमा 'सतीदेवी' को विशेष शो र कर्णाली नारी सम्मान सम्पन्न, दर्शक भावविभोर    मेघ सुवेदी मुख्य भूमिकामा, ‘किन लाग्छ माया’ फिल्ममा जम्ला नयाँ कलाकारहरूको जमघट ?    गायिका मञ्जु थापाद्वारा ‘सौम्या कलेक्सन’को शुभारम्भ

अपराधको केन्द्र बन्दै काठमाडौँका गेष्ट हाउस

Tuesday, January 4, 2022 National Power

काठमाडौँ  – पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवती मित्रनगरका ३ वटा गेष्ट हाउसमा बलात्कृत भइन् । विदेश जाने तयारीमा रहेका ९ जना किशोरले उनलाई बलात्कार गरेका थिए ।
प्रहरी स्रोतका अनुसार मुगुका युवराज बडुवालले ती युवतीलाई सुरुमा पूजा गेष्ट हाउसमा लगेका थिए । लगत्तै उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई पनि बोलाएर सामूहिक बलात्कार गरे ।

अर्को बिहान बसपार्ककै आयुष गेष्ट हाउस र पाँचथर सप्तकोशी गेष्ट हाउसमा लगेर उनलाई थप ७ जनाले बलात्कार गरेर फरार भए । बलात्कृत युवती अर्धचेत अवस्थामा महानगरीय प्रहरी प्रभाग बसपार्कमा गएपछि मात्र घटना बाहिरियो ।

प्रहरीले खोजी क्रम तीब्र बनायो । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले घटनामा संलग्न मध्येका ६ जनालाई कलंकीस्थित न्यू गण्डकी गेष्ट हाउस एन्ड खाजा घरबाट गिरफ्तार गरेको थियो । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘६ जना एकै ठाउँमा लुकेर बसेका रहेछन् ।’

बसपार्क घटनामा बलात्कार गर्न र बलात्कारपछि लुक्न आरोपीहरूले गेष्ट हाउस रोजेका थिए । यसरी काठमाडौँका गेष्ट हाउस अपराधको केन्द्र बन्न थालेका छन् । नयाँ बसपार्क, कोटेश्वर, सुन्धारा र कलंकीमा धेरै होटल तथा गेष्ट हाउस छन् । गोंगबु नयाँ बसपार्कस्थित मित्रनगर र त्यस आसपास मात्रै १ हजार भन्दा बढी होटल तथा गेष्ट हाउस छन् । ती गेष्ट हाउसमा बसेर आरोपीहरूले अपराध योजना बनाउने र अपराध गरेपछि लुक्ने आश्रय स्थल बनाउँदै आएका छन् ।